नक्कली कागज बुझाएर अब मिडिया चल्दैन : मन्त्री बास्कोटा

नक्कली कागज बुझाएर अब मिडिया चल्दैन : मन्त्री बास्कोटा

gokul baskota

काठमाडौं : सूचना तथा संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले सबै मिडियाले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनको गर्नुपर्ने बताएका छन्। मंगलबार नेपाल पत्रकार महासंघले संचारग्राममा गरेको ‘पत्रकारितामा श्रम सवाल’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री बास्कोटाले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक कार्यान्वयन गरि न्याय दिनुपर्नेमा जोड दिए ।

‘ठूल–ठूला मिडिया ग्रुप संचालन गर्ने, चार–पाँच संञ्चार माध्यम पनि चलाउने अनि पत्रकारलाई तलब दिनुपर्छ भन्दा न्याय चाइयो भन्ने ?’, मिडियाप्रति प्रश्न गर्दै बास्कोटाले भने, ‘सरकारले निर्णय गरिसकेको छ। यसमा भन्नु केही छैन। अब बिगतमा जस्तै सधैं नक्कली कागज बुझाएर हुँदैन ।’ सरकारले पुरानो निर्णय नै कार्यन्वयन गर्न लागेको र पछि साना माडियाका लागि पनि छुट्टै व्यवसाय ल्याउने मन्त्री बास्कोटाले बताए।

‘लडाईं व्यक्तिसँग हो भन्ने मान्नुहुन्छ भने मेरो भन्नु केही छैन, सरकारले जहिले पनि सिस्टमको वकालत गर्छ’, मन्त्री बास्कोटाले भने, ‘पत्रकारलाई पारिश्रमिक देउ भन्दा अधिनायकवाद भन्नुहुन्छ, यो दिउँसै रात पार्ने कुरा हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ