राप्रपाका नेता कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गर्दा काँग्रेसले निकाल्यो यस्तो विज्ञप्ति

राप्रपाका नेता कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गर्दा काँग्रेसले निकाल्यो यस्तो विज्ञप्ति

raprapa

काठमाडौं– नेपाली काँग्रेसले राप्रपाको शान्तिपूर्ण र्यालीमा प्रहरीले हस्तक्षेप गरेको प्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ।   काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति जारी गर्दै ¥यालीका सहभागीलाई मात्र नभएर बाटोमा आवतजावत गर्ने सर्वसाधरणलाई समेत प्रहरीले गरेको लाठीचार्ज गरेको भन्दै आपत्ति जनाएको छ ।

राजनीतिक दल र आम नेपालीले स्वतन्त्रता तथा शान्तिपूर्ण ढंगले आफ्नो माग राख्न पाउने नैसर्गिक अधिकारलाई वर्तमान सरकारले दमन गरी संविधान प्रदत्त हक अधिकारलाई खोस्ने कार्य गर्न खोजेको काँग्रेसले आरोप लगाएको छ ।

‘कुनै पार्टीसँग हाम्रो विचारमा अहसमत हुन सक्छ तर कसैको स्वतन्त्रता माथि अंकुश लगाउने कार्यप्रति नेपाली कांग्रेस सदैव विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘ प्रदर्शनको क्रममा प्रहरीको दमनबाट घाइते भएका व्यक्तिहरुको नेपाली कांग्रेस संसदीय दल शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

news source : ratopati

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ