बैंकको एटीएम फोडेर पैसा चोर्न खोज्ने प्रहरीको फन्दामा !

बैंकको एटीएम फोडेर पैसा चोर्न खोज्ने प्रहरीको फन्दामा !

atm choori

काठमाडौं । बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति काठमाडौंको तीनकुनेमा रहेको एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोरी गर्न लागेको अवस्थामा रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय विशाल तामाङ पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एटीएम मेसिन फुटाउन प्रयोग गर्ने एउटा हतौंडा, फलामको छिनो र मार्तोल समेत बरामद गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ