जिप दुर्घटनामा पूर्व सांसदसहित दुई जनाको मृत्यु

जिप दुर्घटनामा पूर्व सांसदसहित दुई जनाको मृत्यु

gul,i

गुल्मीको मुसिकोट नगरपालिकामा जीप दुर्घटना हुँदा पूर्व सांसदसहित २ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका १ को चैन डाँडामा दुर्घटना बिहान धुर्कोट गाउँपालिका ५ का नेपाली काँग्रेसका पूर्व सांसद ६५ वर्षका रुद्रमणी शर्मा भण्डारी र मालिका गाउँपालिका १ का ८ वर्षका वस्कर विश्वकर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते ४ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने ४ जनालाई गुल्मी अस्पताल तम्घास लगिएको छ । मालिका गाउँपालिकाको दर्लिङ्गबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप दुर्घटना भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ