राजु ढकालले आफ्नै सालीलाई नाता थिएन भन्दै ढाँटे, शिशिर अञ्जली बोल्ने बहाना मिलेन ‘छाता थिएन’

राजु ढकालले आफ्नै सालीलाई नाता थिएन भन्दै ढाँटे, शिशिर अञ्जली बोल्ने बहाना मिलेन ‘छाता थिएन’

Chhata thiyena

तीजमा हराएको छाताको अभाव राजु ढकाललाई अझै छ । पशुपति शर्मा, देवी घर्ती र सुस्मिता घर्तीसँग ‘छाता हरायो, लौरी हरायो’ भन्दै गुनासो गरेका राजु अहिले नाता जोड्न ‘छाता थिएन’ भन्दै फेरि झुल्किएका छन् । तर, आफ्नै सालीलाई छाता माग्ने नाता थिएन भन्दै ढाँटेका छन् । यसो भन्न शिव हमालले बाध्य पारेका हुन् । शिशिर पौडेल र अञ्जली अधिकारीलाई पनि राजु र सुष्मितासँगै ‘हो मा हो’ मिलाउन बाध्य पारेका छन् हमालले ।

पाँच जनाको यो कम्बिनेशन भर्खरै युट्युबमार्फत सार्वजनिक भएको ‘छाता थिएन’ बोलको गीतमा मिलेको हो । यस गीतलाई विशाल गुरुङले प्रस्तुत गरेका छन् । पछिल्लो समय गायनसँगै गीतका भिडियोहरुमा पनि छाईरहेका राजु ढकालले आफ्नै साली सुष्मिता घर्तीमगरसँग स्वर मिलाएका छन् । दिदी देवी घर्तीसँग दुरुस्तै लाग्ने स्वर भएकी सुष्मिताले घुम्टे साइलो, सिंगापुरे सारी, कस्तो माया लगायतका चर्चित गीतहरु ल्याइसकेकी छिन् ।

चर्चित लय तथा शब्द संकलक शिव हमालले मनमा प्रेमको अंकुर पलाएपनि व्यक्त गर्न नसकेको भावलाई मिठो शब्दमा उनेका छन् । यस गीतलाई तिलक ओलीले एरेन्ज गरेर कर्णप्रिय बनाएका छन् ।

दुर्गा पौडेलले आफैले खिचेर चर्चित मोडलद्वय शिशिर र अञ्जलीलाई झन् राम्रा र आकर्षक तरिकाले देखाएका छन् । उनीहरुको बाल्यकालको भूमिका आयुष वाग्ले र पुष्पा पन्तले निभाएका छन् । नवीन घर्तीमगरले भिडियो काँटछाट गरेका हुन् । भिडियो गायनजोडी देवी घर्ती र राजु ढकालको आफ्नै युट्युब च्यानलमार्फत भर्खरै सार्वजनिक भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ