काठमाडौं । मेडिकल कलेजको शुल्क विवादबारे संसदीय उपसमितिमा छानबिन सुरू भएको छ । स्वास्थ्य समितिअन्तर्गत सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिले छानबिनको काम सुरु गरेको हो । यही चैत १० गते बसेको शिक्षा समितिको बैठकले समिति सदस्य राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिमा सांसदहरू खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, जीवनराम श्रेष्ठ, मनकुमारी जीसी, एकवाल मियाँ र सन्तबहादुर थारू सदस्य छन् ।
उपसमितिले बिहीबार सम्बन्धित मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी, अभिभावक, जनप्रतिनिधिहरु र अन्य सरोकारवालाहरुलाई कलेजले मर्का पर्ने गरी कुनै क्रियालकलाप गरेको भए पत्राचार गर्न आव्हान गरेको छ । उपसमितिले सार्वजनिक सूचना निकालेर मेडिकल कलेजले लिइरहेको शुल्कलगायतका विषयमा कुनै गुनासो वा उजुरी भए १५ दिन भित्र पठाउन भनेको छ । मेडिकल कलेजहरुले बढी शुल्क लिएको भए विद्यार्थी, अभिभावक, जनप्रतिनिधि वा अन्य सरोकारवालाहरुले उपसमितिसमक्ष उजुरी दिन सक्नेछन् ।
उपसमितिले छानबिनका लागि शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय र सम्बन्धन पाएका मेडिकल कलेजबाट विवरण र आवश्यक कागजातसमेत मगाइएको समिति सचिवालयले जनाएको छ । यसअघि समितिको बैठकमा शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले किष्ट मेडिकल कलेजको परीक्षामा चरम लापरवाही भएको बताएका थिए ।
सरकारले एमबीबीएस अध्यययन गर्न उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ । बीडीएसतर्फ भने १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क तोकिएको छ । तर, गण्डकीलगायत निजी मेडिकल कलेजहरूले विद्यार्थीसँग ६० लाखसम्म शुल्क लिएको सार्वजनिक भएपछि विवाद सुरु भएको थियो । उपसमिति विस्तृत अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने म्याद पाएको छ ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी