विष्णु पाैडेललाई झु्क्याएर बालुवाटारकाे जग्गा बेचे, उहाँले क्षतिपूर्ति पाउनुपर्छ : मन्त्री बाँस्काेटा

विष्णु पाैडेललाई झु्क्याएर बालुवाटारकाे जग्गा बेचे, उहाँले क्षतिपूर्ति पाउनुपर्छ : मन्त्री बाँस्काेटा

gokul baskota

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गा किनबेचमा पीडित बनेकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । सरकारले यसअघि नै बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेचमा रोक लगाइसकेको बताउँदै उनले नक्कली कागजात खडा गरेर जग्गा बिक्री गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका हुन् ।

‘उहाँ आफै फर्जी काममा संलग्न हुनुभएको होइन कसैको जग्गा किनेको भनिसक्नुभएकाले उहाँ आफै ठगीमा पर्नु भएको हो’, प्रवक्ता शर्माले भन्नुभयो । बाँस्कोटाले भने, ‘उहाँले किनेको जग्गा नक्कली परेछ, ठगीमा पर्नुभयो, उहाँ अपराधी होइन, उहाँले त क्षतिपूर्ति पाउनुपर्छ ।’

त्यहाँको जग्गा अन्य सर्वसाधारण व्यक्तिहरुले पनि किनेको र उनीहरु पनि ठगीमा परेको उहाँले बताए। ‘सत्तारुढ दलका महासचिव हुँदैमा यदि फर्जी काममा विष्णु पौडेल रहेको फेला परे उहाँ पनि कारबाहीको दायरामा पर्नुहुन्छ’, बाँस्कोटाले भने, ‘यसमा सत्तारुढ प्रतिपक्षी जो सुकै होस् कोही कसैले उन्मुक्ति पाउँदैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ