सरकारसँग हामीले होइन, सरकारले हामीसँग सम्झौता गरेको हो: सिके राउत

सरकारसँग हामीले होइन, सरकारले हामीसँग सम्झौता गरेको हो: सिके राउत

raut ck 1

जनमत पार्टीको पहिलो जनसभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष सिके राउतले मधेशवादी दल तथा प्रदेश सरकारको भ्रममा नपर्न मधेशी जनतालाई आग्रह गरेका छन्। उनले भने, ‘जनतालाई भ्रममा राखेर सँधै मन्त्री बन्न पल्केकाहरु हाम्रो डरले भ्रम फैलाउने काममा लागेका छन्, हामी एक्कासी वार्तामा आएको होइन १० महिनादेखिको गृहकार्यपछि हामी यहाँ आएका हौं, अब संविधानलाई टेकेरै हाम्रो उद्देश्य पुरा हुन्छ ।’

उनले सरकारसँग आफूले होइन, सरकारले नै सम्झौता गरेको भन्दै विजयी हासिल गरेको पनि बताए। उनले सप्तरीको मलेठ घटनाको बेला मधेसवादी दल पनि सरकारमा रहेको तर पाँच जना मधेसीको हत्या हुँदा पनि सरकार नछाडेको भन्दै मधेशबादी दलको आलोचना गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ