‘लुट्न सके लुट् कान्छा’पछि पशुपति शर्माले ल्याए यस्तो गीत (भिडियो)

‘लुट्न सके लुट् कान्छा’पछि पशुपति शर्माले ल्याए यस्तो गीत (भिडियो)

Capture

काठमाडौं । गायक पशुपति शर्मा नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएका छन् । ‘लुट्न सके लुट् कान्छा’ पछि शर्मा ‘क्यार्न माया मारिचौ’ बोलको गीत लिएर आफ्ना स्रोता तथा दर्शक माझ आएका हुन् ।  ‘क्यार्न माया मारिचौ’मा शब्द तथा संगीत गायक स्वयम्को छ । उनलाई स्वरमा सम्झना भण्डारीले साथ दिएकी छन् ।

संगीत संयोजन आशिष अविरलको छ । प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियोमा शर्मा र भण्डारी स्वयम् फिचर्ड छन् ।  ‘लुट्न सके लुट कान्छा’ नेकपा निकटको भातृ संस्था युवा संघका केही व्यक्तिले युट्युबबाट हटाउन आग्रह गरेपछि शर्माले युट्युबबाट गीत डिलिट गरेका थिए । उक्त विषले राष्ट्रिय राजनीतिमा समेत प्रवेश पाएको थियो ।  संसदमा पक्ष र विपक्षमा सांसद विभिाजित भएका थिए । गीतले विद्यमान भ्रष्टाचार, बेथिती र बेरोजगारीप्रति व्यङ्ग्य गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ