पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’, कक्षा १ मा ल्याइन ८३ प्रतिशत अंक

पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’, कक्षा १ मा ल्याइन ८३ प्रतिशत अंक

pm-mugu-

मुगु । आठ बर्षीया ठिल्लेसाङ्मु लामा एक बर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी  छन् । अघिल्लो बर्ष बैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहरण गर्दै बुद्ध माध्यमिक विद्यालय माग्रीमा भर्ना गराएका थिए ।

मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँकी लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम स्थान हाँसिल गरेकी छन् । उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । उनका अनुसार घरमा लामालाई पढ्ने वातावरण छैन ।

परिवारका कोही साक्षार छैनन् । विद्यालयबाहेकको समयमा उनी घरायसी काममा व्यस्त हुने गरेकी छन् । पानी भर्ने, गाईबस्तु चराउने, बनपाखामा च्याउ टिप्नेलगायतका काम गर्छिन । करिब तीनबर्ष अघि बाबु कार्माटोन्डुल लामाको लडेर मृत्यु भएपछि आमा छिजुले उनी र बहिनीको पालनपोषण गरिरहेको ओलीले बताए । -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ