मेष राशि (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.)
ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)
यो राशिलाई यस वर्ष ग्रहको प्रभाव समष्टिमा राम्रो रहने देखिन्छ । वर्षारम्भमा तृतीय राहु, नवम गुरु शनि वक्र रहेपनि तृतीय भावमा पूर्ण दृष्टि रहने र चन्द्र सूर्य को अनुकूलताले भाग्य बलियो हुनुको साथै वौद्धिक कार्यमा सफलता मिल्नेछ । सन्तान प्राप्तीको योग पनि यस वर्ष रहनेछ ।
राहुको कारण दाजुभाइ र सहयोगी हरुको सहयोग खासै मिल्ने देखिन्न । साधक व्यक्तिहरुको लागि यो वर्ष अनुकूल रहनेछ । धार्मिक कार्य हरुमा रुचि वढ्नुको साथै सामाजिक कार्यमा सम्मान पाउने योग छ ।
[bs-quote quote=”आषाढ, आश्विन, माघ, फाल्गुन राम्रो महिनामा पर्दछ भने ज्येष्ठ, श्रावण, मार्ग, चैत्र खराव र अन्य महिना मध्यम रहनेछ ।” style=”style-21″ align=”left”][/bs-quote]
नोकरीमा उतार चढावका वावजुद सफलतामा पुग्न सकिनेछ । राजनीतिमा आफ्ने वर्चश्व कायम राख्न सफल भइनेछ । मित्रहरुले पूर्ण सहयोग गर्नेछन परिवारको सहयोग सोचे जस्तै मिल्नेछ । घर जग्गा जोड्ने र सवारीसाधन जोड्ने तरखरमा हुनुहुन्छ भने सजिलै सफलता मिल्नेछ ।
शैक्षिक उन्नतिमा छात्रबृद्धि हासिल गर्दै विदेश यात्रा हुने र राजनैतिक र कूटनैतिक कार्यको सिलसिलामा अथवा वैदेशिक व्यापारको बजार व्यवस्थापनको लागि विदेशिने योग छ । नयाँ प्रेम हुनुको वा पुरानो प्रेमको यात्राले वैवाहिक मार्ग अवलम्वन गर्नेछ ।
आषाढ १० गते देखि कार्तिक १२ गते सम्म गुरु पूनः वृश्चिक राशिमा फर्कने हुँदा स्वास्थ्यमा वाधा आउनुको साथै काममा अवरोध आउने, मन अशान्त हुने, भाग्य कमजोर हुने योग छ । धार्मिक कार्यमा अरुचि बढ्ने, लेनदेनमा अग्रसर भएमा आर्थिक संकट बढ्ने अवस्था आउँछ । विस्वास गरेकाले धोका दिनेछन । मन अशान्ति हुनेछ । यो समय ओं बृँ बृहस्पतये नमः भन्ने मन्त्र जप गर्नु राम्रो हुन्छ । अन्य समयमा ग्रहगोचर राम्रो रहनेछ । आषाढ, आश्विन, माघ, फाल्गुन राम्रो महिनामा पर्दछ भने ज्येष्ठ, श्रावण, मार्ग, चैत्र खराव र अन्य महिना मध्यम रहनेछ ।
……………………………………………
ज्यो.पं.वैद्यराज दीपक सुवेदी
मेष राशि हुनेहरूको लागि वर्ष सामान्यतया संघर्षप्रद देखिएको छ । वर्षको मध्यतिर भने केही सहज अनुभव गर्न पाइने छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूको लागि आकस्मिक लाभको अवसरहरू पनि मिल्ने छन् । प्रतिस्पर्धा आदिमा सफलता मिल्नेछ । मुद्धामामिला जन्य पक्षमा विजयी भइनेछ । जन्मकालीन ग्रहहरू प्रतिकूल हुनेहरूको लागि भने उथलपुथलजन्य छ । जागिर अथवा कार्यरत क्षेत्र तथा खाइपाई आएको सेवासुविधामा अबरोध देखिएको छ । व्यवसाय उद्यम आदिको बारेमा अप्रत्यासित प्रस्तावहरू आउनसक्ने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुनसक्ने छ । दाजुभाइ एवं नातासम्बन्धमा अप्रत्यासित कष्ट तथा असमझदारी एवं वैमनस्यता हुने लक्षण छ, सावधानी अप्नाउनु होला । मान्यजनको कष्ट–वियोगसम्म व्यहोर्न पर्नसक्ने देखिएको छ ।
पछि पर्दाफास हुनेर ईज्जतप्रतिष्ठामा आँच आउने कैफियतपूर्ण कार्यप्रति मन आकर्षित हुने तथा कुसंगत हुनजाने सम्भावना छ, निकै होशियारी अप्नाउनु होला । शुरुमा धार्मिक–आध्यात्मिक मार्ग अथवा गुरुजनप्रतिको आस्थामा ह्रास आउनसक्ने भएता पनि वर्षको मध्यतिरबाट घटेको आस्था बढ्ने छ भने केही धार्मिक कार्य संपादन गर्न भूमिका निर्वाह पनि गर्न पाइने छ । भलै संघर्षको बढी अनुभूति किन नहोस् स्वकर्मलाई प्रसय दिने कर्मयोगीको लागि भने अपगाल तथा अपयशको बाबजुत अप्रत्यासित उपलब्धि र सफलता मिल्नेछ ।
फोक्सो, हात, घाँटी, घुँडा, पाचनक्रिया एवं लिभर, स्नायु तथा नशारोगसँग सम्बन्धित समस्या लाग्न वा बढ्नसक्ने संकेत छ । दम, उच्चरक्तचाप, मधुमेहलगायतका विमारी एवं महादशामा प्रतिकूल दशा चल्नेहरूले विशेष सावधानी अपनाउनु होला । यो वर्ष तपाईले माँ बगलामुखी, भैरवदेव र हनुमानदेवको साथै विद्यार्थीहरूले माँ सरस्वतीको वन्दना दर्शनभक्ति उपाशना गर्नु हितप्रद रहनेछ ।
[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद
हराएको एक हप्तापछि जंगलमा मृत भेटिए किशोरकिशोरी