बृष राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

बृष राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

Brish 2076

वृष राशि (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.) 

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

यो वर्ष ग्रहगोचर का दृष्टिमा त्यति अनुकूल देखिन्न । वर्षारम्भमा अष्टम वक्र शनि र गुरुको प्रतिकूल प्रभाव र द्वितीय वक्र राहु शनि गुरुको वक्र दृष्टि रहने हुँदा धन क्षति हुनुको साथै दाँत मुखमा पीडा हुनेछ ।

अनावस्यक विवादले मानिसक तनाव बढाउनेछ । विस्वासमा धोका हुनेछ । ठूला व्यक्तिसँग हुने विमतिले राजनीति कर्मीहरुको अवस्था जटिल बन्नेछ । हाड जोर्नी दुख्नुको साथै मुत्रविकार वढ्ने सम्भावना रहन्छ । शरीरमा आलस्यता बढ्नुको साथै निर्णयको अभावले काम बीचमा रोकिने र आर्थिक संकट प्रसस्त मात्रामा बढ्नेछ ।

[bs-quote quote=”बैशाख, आषाढ, भाद्र, पौष महिना प्रतिकूल रहने छ । श्रावण, कार्तिक, फाल्गुन, चैत्र अनुकूल रहने र अरु मध्यम रहनेछन । ” style=”style-21″ align=”left”][/bs-quote]

घरेलु समस्याले पनि धेरै सताउनेछ । मित्रहरुले अप्ठ्यारोमा सहयोग गर्ने छैनन । सवारी साधनले बेला बेलामा धोका दिनेछ । पतीपत्नीबीच मतभेद बढ्ने, व्यापारमा समस्या आउने र कूटनैतिक तथा वैदेशिक कार्यमा संकट आउने योग छ ।नोकरीमा संकट आउनेछ ।

राजनीतिमा एक पछि अर्काे समस्याले पदप्रतिष्ठामा समेत आँच आउनेछ । आषाढ ९ देखि कार्तिक १२ गते सम्म गुरुको अनुकूल प्रभावले बोल्न विचार पुर्‍याउँदा वैदेशिक कार्यमा सुधार आउनुको साथै व्यापारमा प्रगति हुने, पति-पत्नी बीच सम्बन्ध राम्रो बन्ने, परिवारिक सहयोग मिल्ने तथा शैक्षिक यात्राको अवसर मिल्ने, सन्तानबाट लाभ हुने, प्रेममा सफल हुने र वैवाहिक कार्यमा सकारात्मक कुरा अगाडि बढ्ने देखिन्छ ।

फाल्गुन ५ गते देखि शनि अनुकूल रहने छ । मित्रहरुले साथ दिने हुँदा नयाँ कामको सुरुवात हुने तथा रोकिएका कामहरु पनि पुरा हुनेछन् । आम्दानी पनि बढ्नेछ । परिवारिक सुख र नोकरी तथा राजनीतिमा सुधार आउनेछ । बैशाख, आषाढ, भाद्र, पौष महिना प्रतिकूल रहने छ । श्रावण, कार्तिक, फाल्गुन, चैत्र अनुकूल रहने र अरु मध्यम रहनेछन । वर्षको आरम्भ देखिनै ओं नमः शिवाय महाँ देवाय मृत्युँञ्जय महाँ देवायनमोऽस्तुते भन्ने मन्त्रको जप सकेसम्म धेरै गर्नु राम्रो हुनेछ ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

वृष राशि हुनेहरूको लागि यो वर्षको मध्यसम्म संघर्षको वाबजुत केही उपलब्धि हासिल गर्न सनिने छ । तथापि बढी ईच्छाएको काममा सफलता पाउन अल्लि कठिन छ । अपयशको पनि सामना गर्नुपर्ने देखिन्छ । व्यापारजन्य आय–आम्दानीको मात्रा केहीहद्सम्म बढ्नेछ । प्रतिकूल ग्रहको उपाय अप्नाउनाले राजनीति एवम् समाज सेवा र जागिर आदिमा साविकको भन्दा केही माथिल्लो भूमिका प्राप्त गर्नसकिने छ । केही अबरोधको बाबजुत अल्लिबढी मेहनत गर्नाले नयाँ पेशा–व्यवसाय तथा जागिर मिल्ने र पुरुषार्थ गर्न सकिने छ ।

विवाह योग्य युवायुवतीको लागि दाम्पत्यसम्बन्ध जोडिने छ । वैदेशिक यात्राको पर्खाइमा रहेकाहरूको ईच्छा पूर्ति हुने समय परेको छ ।भाद्र उपरान्त ग्रहको प्रतिकूलता बढ्नसक्ने आफ्नै र मान्यजनको स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने छ भने आफन्तिजन टाढिनसक्ने भएकोले आवश्यक सावधानी एवं निवारणका उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

अर्श (पाइल्स), पाचनक्रियाको समस्या, ग्रन्थी रोग, स्नायु तथा वातरोग, चोटपटक एवं घाऊखटिरा, ज्वरो जस्ता स्वास्थ्य समस्याको संकेत देखिएको छ । मधुमेह, उच्चरक्तचाप तथा हृदय रोग, दम आदिका दीर्घरोगीले विशेष सावधानी अप्नाउनु उचित हुनेछ । जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल भई सन्तानदोष व्यहोर्न परिहेकाहरूको लागि सावधानी अप्नाउन पर्ने देखिएको छ । विशेष गरी गर्भवतीहरूले बढी ध्यान पुर्याउन जरुरी हुनेछ ।

अढैया शनिलगायतका प्रतिकूल ग्रहगोचरको दुष्प्रभाव कम गर्न महावीर पवनपुत्र हनुमान, भैरवदेव, माँ भगवती र वर्षान्तमा माँ बगलामुखी तथा विद्यार्थीले माँ सरस्वतीको सेवा श्रद्धाभक्ति एवं स्तुति गर्नाले ग्रहको दुस्प्रभाव कम गर्न मद्दत हुनेछ ।

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ