मिथुन राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

मिथुन राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

Mithun 2076

मिथुन राशि  (का.कि.कु.घ.ङ.छ.के.को.ह.) 

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

यो वर्ष ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भको समय गुरु, शनि, सूर्य, चन्द्र र राहु अनुकूल रहने हुँदा गरेका काममा सफलता मिल्ने छ । व्यापार उन्नति, शैक्षिक उन्नतिका साथै कूटनैतिक कार्यलाइ लिएर विदेश यात्रा हुने योग छ । राजनीतिमा वैदेशिक सहयोग प्राप्त भई अरुलाई उछिन्दै अघि बढ्ने अवसर पनि मिल्नेछ ।

कार्तिक १३ देखि फाल्गुन ४ सम्म ग्रह गोचर राम्रो भएकोले महत्वपूर्ण काम हरु त्यति बेलानै गर्नु राम्रो हुनेछ । राशिमा एकादश तृतीय स्थानमा गुरुको दृष्टि पर्ने हुँदा आम्दानी प्रसस्त मात्रामा हुने, पढाइमा प्रगति हुने, तथा सन्तान प्राप्ती र भएका सन्तानले उन्नति गर्ने योग बलियो छ । किशोर किशोरीहरुलाई प्रेम गर्ने अवसर मिल्नेछ । साथै वैवाहिक वन्धनमा बाँधिने सम्भावना रहन्छ ।

[bs-quote quote=”ज्येष्ठ, श्रावण, आश्विन, माघ अशुभ महिना हुन भने वैशाख, भाद्र, कार्तिक, पौष, फाल्गुन शुभ महिना हुन्। अरु मध्यम रहने छन् । ” style=”style-21″ align=”left”][/bs-quote]

औद्योगिक कार्यमा लाग्नेहरुको लागि समय अनुकूल रहनेछ । निर्माण व्यवसायीहरुले सोचेजस्तै सफलता पाउनेछन् । आषाढ ९ गते देखि कार्तिक १२ गते सम्म गुरु प्रतिकूल हुनाले शत्रु बढ्ने, काममा अवरोध आउने, वैदेशिक कार्यमा समस्या हुने र नोकरीमा संकट आउनुको साथै राजनीतिमा ठूलो संकट अउनेछ ।

विस्वास गरेकाले धोका दिनेछन् । व्यापारमा संकट आउने, कूटनैतिक कार्यमा असफल भई राजनीतिमा मुद्धा मामिलाले वदनाम हुनसक्ने यो समय अति संयम हुनुपर्नेछ । कार्तिक १३ देखि फाल्गुन ४ सम्म ग्रह गोचर राम्रो भएकोले महत्वपूर्ण कामहरु त्यति बेलानै गर्नु राम्रो हुनेछ । फाल्गुन ५ देखि अढैया शनि सुरु हुने हुँदा समय प्रतिकूल हुनेछ । आर्थिक कठिनाई धेरै बढ्नेछ । स्वास्थ्यमा वाधा आउनेछ । मुटु तथा मस्तिष्कमा समस्या आउन सक्छ ।

पति–पत्नी बीच सम्बन्ध बिग्रन सक्छ । ज्येष्ठ, श्रावण, आश्विन, माघ अशुभ महिना हुन भने वैशाख, भाद्र, कार्तिक, पौष, फाल्गुन शुभ महिना हुन्। अरु मध्यम रहने छन । ओं शं शनिश्चराय नमः यो मन्त्रको जप वर्षारम्भ देखिनै गर्नु होला ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

मिथुन राशिको लागि यो वर्षको मध्यसम्म अल्लि बढी संघर्षप्रद गोचर रहेकोले स्वकर्मबाट विचलित नहुन संयम एवं सहनशक्ति र कर्मयोग बढाउनु उचित हुनेछ । जसले विभिन्न बाधा अड्चन एवं अपयशको बाबजुत आंशिक कार्यमा सफलता मिल्ने छ । महत्त्वाकांक्षी स्वभाव हुनेहरूलाई कम उपलब्धिले मानसिक उद्दिग्नता तथा उदासिनता बढ्न गइ आस्थाको धरोहरमा ह्रास आउने एवं किंकर्तव्य विमूढताको मनोविज्ञानले प्रसय पाउने हुनसक्ने छ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई दाम्पत्यसम्बन्धमा ह्रास आउने तथा जीवनसाथीलाई कष्ट हुने सम्भावना छ । प्रेममा धोखा हुने तथा कपटी प्रेमको फन्दामा परिनसक्ने खतरा छ । कसैकसैलाई कुसंगत एवं सरुवा तथा गुप्तरोगको भय भएकोले आत्मसंयमको निकै जरुरी देखिन्छ । परिवारमा पनि रोगव्याधिले सताउनसक्ने छ ।

जन्मकालीन ग्रह अनुकुल हुनेहरूलाई भने आकस्मिक लाभ एवं उपलब्धि मिल्नेछ । वर्षको उत्तरार्धबाट ग्रहगोचरमा केही सुधार आउने र कामकार्य एवं परिस्थितिमा सहज हुनेछ । सकारात्मक चिन्तनले सद्कर्म बढाउन सकिनेछ । घर परिवार तथा आफन्तिबाट टाढिनेजन्य यात्रामा सफलता मिल्ने छ । व्यापार तथा व्यवसायबाट पनि केही लाभांश हातपार्न सकिने छ ।

शिरशूल, स्नायु तथा नशारोग, यौनरोग, गर्भाशय, मलाशय, ठूलोआन्द्रा, पौरुष ग्रन्थी, मिर्गौला, संक्रामक रोग र हार्मोनिक समस्या आदिको सम्भावनालाई नकार्न नसकिने हुनाले तत्सम्बन्धी विषयमा संयम र सजग हुनु जरुरी देखिन्छ ।

यो वर्ष अनिष्ट फललाई न्यून गर्न हतोत्साही नभइ इष्टदेवको भक्ति तथा साधनालाई बढाउँदै हनुमान–शनिमहाकाल, महाकाली, भैरव–छिन्नमस्ता र विद्यार्थीले माँ सरस्वती तथा सर्वसाधारण सबैले माँ वगलामुखी एवम् कुलदेवताको श्रद्धाभक्ति, जपपाठ, स्तुति, काग–कुकुर सेवा र ब्रह्मज्ञानी गुरुजनको आर्शिवाद लिने जस्ता उपाय एवं व्रत अवलम्वन गर्नु हितकर हुने छ ।

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ