कर्कट राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

कर्कट राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

Karkat 2076

कर्कट राशि (हि.हु.हे.हो.डा.डि.डु.डे.डो.) 

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

ग्रह गोचर समष्टिमा राम्रो छ । वर्षारम्भदेखि नै राहु बाह्रौ तथा छैटा गुरुको प्रतिकूलताले खर्च बढाउने, विवाद बढाउने र चिन्ता बढाउने हुनाले संयम हुनु पर्नेछ । विद्या र उन्नतिमा वाधा हुने र वौद्घिक कार्यमा प्रसस्त कठिनाई आउनेछन । समयमा निर्णय नहुँदा महत्वपूर्ण कामहरु बिग्रनेछन । मित्रहरुले समयमा कुरा नवुझ्ने र शत्रुले मौका छोपेर अप्ठ्यारो पारी फसाउने हुँदा गोपनियतामा जोड दिनु पर्ला । प्रेम सम्बन्धमा विवाद उत्पन्न हुँदा प्रतिष्ठामा आँच आउन सक्ने र त्यही कारणले प्रसस्त धन क्षति हुनसक्ने भएकोले प्रेमको मामलामा सचेत हुनु राम्रो देखिन्छ ।

[bs-quote quote=”आषाढ, भाद्र, कार्तिक तथा फाल्गुन महिना अशुभ हुनेछन भने बैशाख, ज्येष्ठ, आश्विन, पौष शुभ महिना हुन्” style=”style-21″ align=”left”][/bs-quote]

वैदेशिक व्यापारमा समस्या आउने तथा कूटनैतिक क्षेत्रमा विवाद बढ्न सक्ने हुनाले यस्ता कार्य हरुमा संयमित भएर काम गर्नु उचित हुनेछ । धार्मिक पक्ष कमजोर हुँदा मनोवल कमजोर भएपनि ज्येष्ठ ९ गते बाट कार्तिक १२ गते सम्म पञ्चम गुरुको भाग्य स्थान, एकादश स्थान र राशिमा दृष्टि अनुकूलताले बौद्धिक कार्यहरु धेरै हुनेछन् ।

शैक्षिक कार्यमा सफलता सोचे जस्तै मिल्नेछ । लेखन मार्गमा सोचेभन्दा बढि सफलता मिल्नेछ । सन्तान सुख राम्रो हुनुको साथै सन्तान नहुनेलाइ सन्तान लाभ हुने वर्ष छ ।व्यापारमा सफलता मिल्नुको साथै वैदेशिक कार्यमा निर्विवाद अघि बढ्ने अवसर मिल्नेछ । सो कार्यबाट मनग्य धन कमाउने अवसर मिल्नेछ । कूटनैतिक क्षत्रमा ऐतिहासिक सफलता मिल्नेछ ।

कूटनैतिक कार्यबाट राजनीतिमा अग्रहुने अवसर पनि मिल्नेछ । मित्र परिवारजनहरुको पर्याप्त सहयोग मिल्नेछ भने शत्रु पराजय हुनेछन । घर तथा सवारी साधन जोड्ने तरखरमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।आषाढ, भाद्र, कार्तिक तथा फाल्गुन महिना अशुभ हुनेछन भने बैशाख, ज्येष्ठ, आश्विन, पौष शुभ महिना हुन् । अन्य महिनाहरु मध्यम रहनेछन् ॐ नमः भगवते वाशुदेवाय यो मन्त्रको जप बर्षारम्भ देखिनै गर्नु राम्रो होला ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

कर्कट राशि हुनेहरूको लागि यो वर्षको पूर्वार्धमा विशेष कामकार्यमा सफलता प्राप्त गर्नसकिने छ । व्यवसायिक उन्नति, अध्ययन सफल, घर–जग्गाको व्यवस्था आदि विशेष एवं महत्त्वपूर्ण कामकार्यहरू बन्ने छन् । उद्योगीको उद्योगधन्दा फस्टाउनेछ, नयाँ पेशाको थालनी हुनसक्ने छ । रोजगारीको प्रतिक्षामा बसेकाहरूको लागि वर्ष विशेष अनुकूल देखिएको छ, समयको सदुपयोग गर्नुहोला । राजनीति एवं समाज सेवामा पदीय हैसियत तथा जिम्मेवारी मिल्नेछ । जागिरमा पदोन्नति हुनेछ । खेलकुदकर्मीको लागि पनि वर्ष उपलब्धिमूलक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ ।

विवाह योग्य युवायुवतीको लागि विवाहबन्धन कसिने छ भने असमझदारी झेल्दै आएका दम्पति तथा प्रेमजोडी बीच सुधार आइ सम्बन्ध प्रगाढ बन्नेछ । सन्तान अभिलाषीलाई सन्तान प्राप्ति हुनेछ । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । प्रतिस्पर्धा एवं न्यायिक क्षेत्रआदिमा सफलता र वीजय प्राप्त हुनेछ । घर परिवारमा विवाह व्रतबन्धादि धार्मिक आध्यातिमक अनुष्ठान आदि सम्पादन हुनसक्ने छ भने तीर्थाटनको पनि अवसर मिल्ने सम्भावना छ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई अनावश्यक रूपमा धनको फुर्ति एवं उन्माद बढ्नसक्ने छ भने आफूबाट गएको तथा दिएको चीज नफर्कने सम्भावना छ सरसापट्टी आदिमा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । शिरशूल, ढाड–कम्मर, घुँडा–खुट्टा तथा हाडजोर्नी–नशा एवं ग्रन्थीसम्बन्धी समस्या हुनसक्ने गोचर परेको हुनाले स्वास्थ्य एवं आहार विहारमा ध्यान दिन जरुरी देखिएको छ । वर्षको उत्तरार्ध पछि प्रतिकूलता बढ्ने छ आवश्यक संयम अप्नाउनु बुद्धिमानी हुनेछ ।

यो राशि हुनेहरूले यो वर्ष भैरव उपाशना र भाद्रमास उपरान्त माँ बगलामुखीको साथमा हनुमानदेवको भक्तिदर्शन तथा व्रतादि एवं विद्वान गुरुजनबाट आर्शिवाद मार्गदर्शन ग्रहण आदि गर्नु शुभप्रद हुनेछ ।

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ