सिंह राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

सिंह राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

Singh 2076

सिंह राशि (म.मि.मु.मे.मो.ट.टि.टु.टे.) –

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

यस बर्षका ग्रह गोचर समष्टिमा राम्रो रहनेछ । एकादश स्थानमा उच्च राहुलाई पञ्चम गुरुको दृष्टिको अनुकूल प्रभाव बर्षभरि नै रहनेछ । राहुको तथा गुरुको अनुकूलताले अधुरा कामहरु पुरा हुने र नयाँ काम आरम्भ हुने हुँदा आम्दानी ह्वात्तै बढ्ने मित्र तथा गैर मित्र हरुबाट पर्याप्त सहयोग पाउने हुँदा उच्च सम्मान बढ्ने मस्तिष्क तिब्र हुने र शत्रुलाई परास्त गर्ने योग भएकोले सकृय भएर काम गर्नुपर्ला ।

सहयोगीहरूबाट र दाजुभाइहरूबाट राम्रो सहयोग नपाए तापनि आफ्नै प्रयास र प्रयत्नले सफलता हाँसिल गरी महत्वपूर्ण काम हात पार्न सफल हुनुहोला गुरु, केतु तथा शनि पञ्चममा एक साथ रहेको वर्षारम्भले शैक्षिक क्षेत्रलाइ धुँमिल्याउन खोजे पनि शनि बृहस्पतिको संयोग निकै बलवान हुने हुँदा उतारचढावका वावजुद शैक्षिक मार्ग सवै र विशेष कानुन र प्राविधीक पक्षमा अनुकूल हुनुको साथै छात्रवृत्ति सहितको शैक्षिक यात्रा गर्ने अवसरहरू पनि मिल्नेछन् । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बोलिको प्रभाव राम्रो रहनेछ ।

[bs-quote quote=”ज्येष्ठ, आषाढ, कार्तिक, माघ राम्रो महिनामा पर्दछ भने श्रावण, आश्विन मार्ग र चैत्र खराव महिना र वैशाख, भाद्र, पौष फाल्गुन मध्यम महिना रहनेछ ।” style=”style-21″ align=”left”][/bs-quote]

ठूला व्यक्तिले आफू प्रति विश्वास गर्नेछन् ।सहयोगीहरूबाट र दाजुभाइहरूबाट राम्रो सहयोग नपाए तापनि आफ्नै प्रयास र प्रयत्नले सफलता हाँसिल गरी महत्वपूर्ण काम हात पार्न सफल हुनुहोला ।

औद्योगिक कार्यमा नयाँ अवसरहरू पनि पर्याप्त मात्रामा मिल्नेछन् । घर तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । सप्तम शनि र पञ्चम गुरुको एक साथ बन्ने राजयोगले बौद्धिक र कूटनैतिक कार्यमा ठूलो फड्को मार्दै राष्ट्रिय सम्मान पाउने योग छ ।

भुलेका मित्रले याद गर्दै विदेश घुमाउने प्रयास गर्नेछन् । प्रेमको प्रस्ताव अरुबाटै आउनेछ । पुराना प्रेमले दाम्पत्य जीवनको बाटो अंँगाल्नेछ । सामाजिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ ।

नोकरीमा पदोन्नति र राजनीतिमा आफ्नो वर्चस्व बढाउन प्रतिस्पर्धाले मात्र सकिनेछ । आषाढ ८ गते देखि कार्तिक १२ गते सम्म गुरु केन्द्रादि दोष बनाउँदै प्रतिकूल हुने हुँदा घरेलु कार्यमा र मित्रको सम्बन्धमा अनावश्यक संकट ह्वात्तै बढ्नेछ ।

फाल्गुन ५ गते पछि शनिको सातौँ स्थान प्रवेशले पति–पत्नीबीच बढ्ने विवादले मनलाई विचलित पार्ने तथा आफन्तहरूसँग मनमुटावले शत्रुलाई बलियो गराउने भएकोले केही अप्ठ्याराहरू देखिए पनि यस वर्ष ग्रह स्थिति राम्रो छ ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

सिंह राशिका व्यक्तिलाई यो वर्ष मध्यम खालको छ । वर्षको मध्यसम्म अपेक्षित कार्यमा सफलता तथा उपलब्धि पाउन संघर्ष देखिएको छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूलाई आकस्मिक लाभको संभावना भने सुरक्षित नै देखिन्छ । तर पछि ईज्जत तथा प्रतिष्ठामा आँच आउने खालको कैफियतयुक्त आर्जनतर्फ मन आकर्षित हुनसक्ने छ जसबाट बच्नु बुद्धिमानी हुनेछ ।

अध्ययन, बोलीवचन तथा जनव्यवहारमा ज्ञानोन्माद्–प्रमाद् बढ्नसक्ने भय छ । ग्रहले विषयान्तर गराउन तथा अध्ययनलाई अधुरो राख्न खोजिरहेकोले विद्यार्थीले विशेष ध्यान पुर्याउन जरुरी देखिन्छ । सैद्धान्तिक एवं नीतिगत विचलन आउने र मान्छेहरूको मुल्याङ्कनमा तपाईको कमजोरी फेला पर्नसक्ने सम्भावना छ ।

जन्म कालीन ग्रह प्रतिकूल हुनेलाई भएका कारोवार उल्टिन सक्नेछ । तान्त्रिक आदि गुप्त विद्याको अभिलाषा बढ्ने, भूमिगत एवम् जासुसि कर्ममा उद्यत हुने बुद्धि पलाउने सम्भावना देखिन्छ । जसबाट बचेकै राम्रो हुनेछ । पाचनक्रिया, कलेजो आदि पेटसँग सम्बन्धित र स्नायू तथा नशा रोगको सम्भावना छ । सन्तानकष्ट तथा सन्तानको पक्षबाट चिन्ता, असन्तोष, असमझदारी तथा खर्च एवं अपहेलित हुनपर्ने जस्ता विपरित प्रभावको ग्रहस्थिति देखिन्छ । गर्भावस्थामा रहनु भएकाहरूले विशेष ख्याल पुर्याउन जरुरी देखिन्छ ।

वर्षको मध्यतिरबाट भने स्थितिमा राम्रो सुधार आउने छ । केही महत्त्वपूर्ण कामकार्य सम्पन्न गर्नसकिने छ । पशुपालन, कृषिकर्मजन्य व्यवसाय, प्राविधिक क्षेत्रबाट भने फाइदा उठाउन सकिने छ । यो वर्ष तपाईले हनुमान चालिसा, भगवती स्तोत्र, भैरवस्तोत्र आदि पाठ, महाकालशनि, भैरवदेव, काली, छिन्नमस्ता आदि देवदेवीको दर्शन भक्ति एवं सात्त्विक पूजापाठ, व्रत आदि उपाशना अवलम्वन गर्नु बुद्धिमानी हुनेछ ।

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ