कन्या राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

कन्या राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

Kanya 2076

कन्या राशि (टो.प.पी.पु.ष.ण.ठ.पे.पो.) –

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

वर्षारम्भमा चतुर्थ वक्री केतु गुरु र अढैया शनिको प्रतिकूल प्रभाव रहनेछ । गुरु तथा शनिका कारण परिवारिक समस्या बढ्नेछ । पेट गडवड हुनुको साथै मित्रहरूको असहयोगले काम गर्न अप्ठ्यारो हुनेछ । विश्वास गरेकाहरूबाट विश्वास घात हुनेछ । बसाईं सराइको योग पनि देखिन्छ । सवारी साधनले पटकपटक दुःख दिनेछ । घरेलु समस्याले गर्दा पढाइमा अवरोध आउनेछ । सन्तानसँग पनि विमति भएर चिन्ता बढ्नेछ ।

शत्रुले परिवारसँग मिलेर फसाउने प्रयत्न गर्नेछन् । आफन्तहरू सहयोग गर्न भन्दा कुरा काट्न उद्धत हुनेछन् । आमा हुनेहरूको लागि आमाको स्वास्थ्य समस्याले धेरै सताउनेछ । हाडजोर्नीको पीडा पनि कमी हुनेछैन । लेनदेनमा विवादको समाना गर्नु पर्नेछ । नोकरी तथा राजनीतिमा राहुको प्रतिकूलताले समय समयमा संकट सिर्जना गरेपनि राहु उच्च हुनाले प्रयत्न गर्दा सफल हुन सकिनेछ । आषाढ ९ गते देखि कार्तिक १२ गते सम्म गुरुको अनुकूलताले गर्दा भाग्य बलियो भई अरुको विश्वास सजिलै जित्न सकिनेछ ।

[bs-quote quote=”आषाढ, श्रावण, मार्ग, फाल्गुन राम्रो महिनामा पर्दछ भने बैशाख, भाद्र, कार्तिक, पौष नराम्रो र ज्येष्ठ, आश्विन, माघ, चैत्र मध्यम महिनामा पर्दछ ।” style=”style-21″ align=”left”][/bs-quote]

संयमीत भएर काम गर्दा धेरै कुरामा सफलता मिल्नेछ । पराक्रम बढ्ने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । यो समय सेवक तथा दाजुभाइहरूवाट उचित सहयोग मिल्न सक्नेछ । धर्ममा रुची बढ्ने र तीर्थयात्राको योग पनि वलियो छ । सामाजिक कार्यमा प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईंको आवश्यकता महसुस हुनेछ र विरोधीहरू नै शरण पर्न आउनेछन् । व्यापारमा लाभ सोचेभन्दा बढि नै मिल्नेछ । कूटनैतिक क्षेत्रमा ऐतिहासिक र अविष्मरणीय कार्य गरेर समाजको उत्थान र शत्रुको शीर निहुराउन सफल हुनुहोला । विना दौडधूप प्रेममा सफलता मिल्नेछ ।

अविवाहितहरूको लागि विवाहको र विवाहितहरुको लागि सन्तानको योग रहनेछ । खर्चको गति तीव्र भए पनि आम्दानीका श्रोतहरू चौतर्फी जुट्नेछन् ।

राज्यले फसाउने प्रयास गरेपनि तपाईंको इमान्दारिताले अन्ततः राज्यनै झुक्नु पर्ने देखिन्छ । यो समय बलको काममा भन्दा बुद्धिको काममा जोड दिनु राम्रो हुनेछ । फाल्गुन ५ गते देखि अढैया शनि सकिने हुँदा वैदेशिक व्यवसाय र कुटनैतिक क्षेत्र र पर्यटकीय व्यवसायमा हुनेहरूको लागी यो समय राम्रो रहनेछ ।सवारी साधन र घरजग्गा व्यवसाय गर्नेहरु फाल्गुन ४ गते सम्म नराम्रोसँग फस्न सक्नेछन् ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

कन्या राशि हुनेहरूको लागि यो वर्ष संघर्ष एवं उथलपुथलप्रद देखिएको छ । तरपनि सत् नछाड्ने र स्वकर्ममा रत् रहने तथा संयमपूर्वक बुद्धिले काम लिने कर्मयोगीहरूले संभावित खतिक्षतिलाई टार्न सकिनेछ । हिम्मत गिराउन पर्नेछैन । भलै ठूलो उपलब्धि नभएपनि सामाजिक कार्यहरूमा सक्रियता बढाउन सकिनेछ । व्यक्तिगत लाभ कम भएपनि अभियानमूलक लोकहितका कार्यमा भूमिका निभाउन सकिने छ । बढी महत्त्व दिइएको कार्यमा ढिलासुस्ति तथा बाधा अबरोध आउने नै छ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि चोटपटक–घाऊखटिरा जन्य रोग, दैविक विपत्ति, व्यवहारिक एवम् घरायसी समस्याहरूले दुःख दिनसक्ने भएकोले हरप्रकारको सावधानी अप्नाउनु आवश्यक देखिन्छ । जग्गा तथा घरघडेरीको किनबेच गर्न समय त्यति अनुकूल छैन, विश्वासघात–धोका हुने, फसिने तथा पछुतो हुने समय छ । सित्तिमिति कसैको भरोसा नगरेकै राम्रो हुनेछ । कुलमा रोगको प्रकोप, मान्यजनकष्ट तथा वियोगसम्मको सम्भावना एवं आफन्त, साथीभाई, छरछिमेकी, सहकर्मी आदिसँग असमझदारीको सामना गर्नुपर्ने हुनसक्ने छ । मुद्धामामिला पर्नसक्ने सम्मको ग्रहगोचर छ सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ ।

व्यापार–व्यवसायमा मन्दि महसूस हुनजाला, समाजसेवा, राजनीति, जागिर आदिमा आलोचना तथा अपयश नपर्ला भन्न सकिन्न । पशुचौपाया तथा कृषि आदिबाट पनि मनग्य लाभको अपेक्षा नराखेकै राम्रो होला । घरभन्दा पर तथा विदेश यात्रा आदिको लागिभने वर्ष अनुकूल रहनेछ । घरपरिवारमा दानपूण्य, विवाहव्रतबन्ध आदि माङ्गलिक कार्य हुनजाने छ । अध्ययनमा आइरहेको अड्चन कम भएर जानेछ । ज्ञानोन्माद् नगरी समयको सदुपयोग गरेको खण्डमा शुभ परिणाम हात पार्न सकिने छ । वर्षको उत्तरार्ध पछि तसै केही सुविस्ता महसूस हुनेछ ।

हनुमान–शनिमहाकाल एवम् भैरवदेव र माँ बगलामुखीको सात्त्विक तवरबाट स्तुति आराधना गर्नाले प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न मद्दत मिल्नेछ ।

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ