तुला राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

तुला राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

Tula 2076

तुला राशि (रा.री.रु.रे.रो.त.ति.तु.ते.) 

वर्षका ग्रह गोचर आगामी फाल्गुन ४ गते सम्म राम्रो छ । सानातिना उल्झन आए पनि वर्षारम्भमा तृतीयस स्वगृही गुरु तथा चतुर्थेश पञ्चमेश शनि तृतीय भावमा बलशाली भएकोले आँट र साहस प्रशस्त मात्रामा बढ्नेछ ।नयाँनयाँ सोचका साथै नयाँनयाँ काममा प्रवेश गरी सफलतामा पुग्न सकिनेछ । मित्र तथा परिवारजनको उचित सहयोग मिल्नेछ । भुलेका मित्रले पुनः याद गर्नेछन् । घर तथा सवारी जोड्ने प्रयासमा हुनुहुन्छ भने सजिलै सफलता पाउनुहोला ।

शैक्षिक यात्रामा छात्रवृत्ति प्राप्त गर्ने, ज्ञान विज्ञानमा विषेश लाभ हाँसिल गर्ने र प्रविधीक तथा कानूनी शिक्षामा ऐतिहासिक सफलता मिल्ने योग रहेको छ । सामान्य मित्रको सम्बन्ध प्रेममा परिणत हुनेछ भने घनिष्ट प्रेम वैवाहिक मार्गमा अघि बढ्न सक्नेछ ।

[bs-quote quote=”ज्येष्ठ, आश्विन, माघ, मार्ग खराव महिना, श्रावण, भाद्र, पौष, चैत्र राम्रो र आषाढ, कार्तिक, फल्गुन र बैशाख मध्यम महिना रहनेछन् ।” style=”style-21″ align=”left”][/bs-quote]

सन्तान प्राप्तीको पनि बलियो सम्भावना छ । बोलिको प्रभाव राम्रो रहेकोले कूटनैतिक कार्यमा कीर्तिमानी कार्य गर्न सफल भई अरुको शीर निहुराउन सफल हुनुहोला । ठूला व्यक्ति सँग निकट भई काम गर्ने अवसर मिल्नेछ ।

राज्यका उच्च अङ्गले तपाईंको परामर्स लिनेछन् ज्येष्ठ, आश्विन, मार्ग र माघ महिना बाहेकका महिनामा धन आर्जन प्रशस्त मात्रामा हुनेछ ।

धार्मिक, सामाजिक वा वैज्ञानिक कार्यको अनुसन्धानको सिलसिलामा यात्रा गर्ने अवसर मिल्नेछ । व्यापारमा सफलता पाउन अलि प्रतिस्पर्धा गर्नु पर्नेछ । भाग्यले साथ नदिए पनि कर्म बलियो भएकोले बर्षारम्भदेखि फाल्गुन ४ सम्म समय अनुकूल रहनेछ । फाल्गुन ५ देखि अढैया शनि तथा तृतीय केतु र नवौं राहुको प्रतिकूलताले पेट, छाती समस्या हुने तथा नोकरीमा र राजनीतिमा संकट आउनाले मनमा चिन्ता बढ्नेछ ।

यतिबेला शत्रु सक्रिय हुने हुनाले सजग रहनु उचित हुनेछ । शरीरमा चोटपटक लाग्न सक्छ । निर्णय गर्न गाह्रो भई आफू दुविधाग्रस्त भएको मौकामा अरुले गलत फाइदा उठाउन सक्ने भएकोले धैर्य गर्नुपर्ला । मातापिताको स्वास्थ्यमा वाधा र सम्बन्धमा ह्रास आउन सक्ने भएकोले सचेत हुनु वेश रहनेछ ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

तुला राशिको लागि यो वर्ष अधिकांश पक्षमा एवं समय अनुकूल देखिएको छ । थातिरहेका कामहरू पूरा गर्न सकिने छ भने नयाँ र दीर्घकालिन कार्यको थालनी हुनसक्ने छ । गुमेको मान प्रतिष्ठा तथा पुरानो साख एवं विग्रिएको सम्बन्ध र उद्यमहरू पुनस्र्थापित र सुधार गर्न सकिनेछ । न्यायिक क्षेत्र सबल रहनेछ । तर, विशेष र महत्त्वपूर्ण मानेको तथा ठानेको काममा अन्तिममा अड्चन पर्नसक्छ, जसको ग्रह उपचार अप्नाउनु बुद्धिमानी हुनेछ ।

विवाहयोग्य युवायुवतीलाई वैवाहिक बन्धनमा बाँधिने सौभाग्य मिल्नेछ । विवाहितहरूको दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । कुटुम्बिक सम्बन्ध बढ्ने छ । रोजगारको अभिलाषीहरूलाई नोकरी मिल्ने समय छ । कर्मचारीहरूको पदोन्नति हुनेछ । विद्वान गुरुजनको आर्शिवाद तथा शिष्यत्त्व प्राप्त गर्नसकिने छ । बोलीवचन, प्रवचन, गायन, उद्घोष्ण, वाचन, शिक्षणजन्य वाकवृति हुनेहरूको लागि विशेष कीर्तिप्रद वर्ष रहेको छ, सदुपयोग गर्नुहोला । खेलकुद आदि प्रतिस्पर्धामा आंशिक विजय तथा सफलता मिल्नेछ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि हात खुट्टा एवं फोक्सो, घाँटी–छातिमा चोट वा रोग र दाजुभाईमा कष्ट वा वादविवादको सम्भावना छ । थायराइड, प्रोष्ट्रड, लिभज–प्याङ्क्रियाज, मिर्गौला, गर्भाशय आदि ग्रन्थी सम्बन्धित रोगको सम्भावनालाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । वर्षको अन्त्यतिर प्रतिकूलताको लक्षण प्रतित हुनसक्ने छ ख्याल पुर्याउनु होला ।

भैरवदेव एवं छिन्नमस्ता देवीको उपाशना तथा दर्शनभक्ति र इष्टदेवको साधना बढाउनु शुभकर हुनेछ । असहाय गरीब दीनदुःखलाई सेवासहयोग गर्नाले सम्भावित अनिष्टलाई कम गर्न मद्दत मिल्नेछ ।

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ