वृश्चिक राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

वृश्चिक राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

Brischik 2076

वृश्चिक राशि (तो.ना.नि.नु.ने.नो.य.यी.यु.) –

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

वृश्चिक

वर्षको ग्रह गोचर मध्यम रहनेछ । वर्षारम्भबाट आषाढ ९ सम्म र कार्तिक १३ देखि द्वितीय गुरुको दशम दृष्टि समेतको अनुकूताले बोलिको प्रभाव राम्रे रहने हुँदा नोकरीमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । अरुको विस्वास जितेर राजनीतिमा महत्वपूर्ण सफलता हासिल गरी धन मनग्य कमाउन सकिने छ ।

वैदेशिक व्यापार र कूटनैतिक क्षेत्रमा कुशलता प्रदर्शन गरी उचित लाभ उठाउन सकिनेछ । पढाइमा र वौद्धिक कार्यमा राम्रै सफलता मिल्नेछ । लेखन मार्गमा रुचि बढ्ने र सफल पनि हुने देखिन्छ । अषाढ ९ देखि कार्तिक १२ गते द्वितीय शनि, केन्द्रादि दोष युक्त गुरु, अष्टम राहु, द्वितीय केतु रहेका छन् जस्ले कार्यमा निरासका बादलहरू चौतर्फी फैलाउने छन् ।

सोचने शक्ति अत्यन्त कमजोर हुनेछ । जसको फलस्वरुप मुटु र मस्तिष्कमा पीडा, मानसिक तनाव र अनावयश्क विवादले सञ्चित धनको नास भई अरुबाट तीव्र आलोचना हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् ।

[bs-quote quote=”बैशाख, भाद्र, आश्विन, माघ शुभ र आषाढ, कार्तिक, पौष, फाल्गुन अशुभ तथा ज्येष्ठ, श्रावण, मार्ग र चैत्र महिना मध्यम रहनेछन् ।” style=”style-21″ align=”left”][/bs-quote]

अरुको काम धेरै गर्नु परे तापनि जश पाउने सम्भावना अत्यन्त कम रहनेछ । गलत विचार प्रशस्त मात्रामा बढ्नेछ । समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन् । नोकरीमा एकपछि अर्काे समस्याले ग्रसित हुनुपर्नेछ । विनाकारण दोषी भई स्थानान्तरण हुनेछ । राजनीतिमा पाएको स्थान र मान गुम्ने प्रवल सम्भावना छ ।

घरेलु समस्याले सताउनेछ । पारिवारिक समस्याले घरै छाड्ने स्थितिसम्म सिर्जना हुन सक्नेछ । सवारी साधनले पनि धोका दिनेछ । मित्रहरूले सहयोगको सट्टा अक्रमण गर्नेछन । फाल्गुन ५ पछि शनि साढेसाती सकिने हुँदा समय अनुकूल भई शत्रु पराजय हुने र व्यापार तथा पढाइमा सुधार आउनाको साथै उपलब्धिमूलक यात्रा गर्नु हुने र प्रेमको यात्रालाई वैवाहिक मार्गमा परिवर्तन गर्ने योग रहनेछ । पति–पत्नीबीच सौहार्दता बढ्ने छ । भाग्यले साथ दिनेछ । धर्ममा मन जाने छ । सामाजिक कार्यमा धेरै प्रशंसा हुनेछ । आषाढ ९ देखि कार्तिक १२ सम्म महत्वपूर्ण काम सकेसम्म अघि नबढाउनु वेश हुनेछ ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

वृश्चिक राशिको लागि यो वर्ष मध्यसम्म अलमले रहेपनि उत्तरार्ध उपलब्धिमूलक रहने छ । शुरुशुरुमा आफ्नो कामलाई भन्दा बाहिरी काममा बढी समय दिनुपर्ने छ । फजुलको यात्रा पनि अल्लि बढी नै हुने सम्भावना देखिन्छ । विद्वतता एवं आत्मप्रसंशाको मनोविज्ञानले डेरा जमाउनाले कतैकतै व्यवहारिकता निभाउन पर्ने ठाऊँमा चुकिनसक्ने छ ख्याल पुर्याउनु होला । अवसरको सदुपयोग गर्न सकेको खण्डमा भाद्र उपरान्त केही महत्त्वपूर्ण काममा सफलता प्राप्त गर्न सकिने छ । हिम्मत पनि नगिराउने र नविराउने सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्नुपर्ला ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई भने वादविवाद, मुद्धामामिला, कामकार्यमा अबरोध, मानप्रतिष्ठामा आँच, सञ्चित धनको खर्च, स्वास्थ्यमा समस्या, अपखबर र परिबन्दनीय परिस्थिति जस्ता प्रतिकूलता थोरधेर पर्ने नै छ । ससाना कार्यले अल्मल्याउँदा विशेष काममा समय दिन नसकिने, अधिक परिश्रमले थोरै उपलब्धिमा चित्त बुझाउन पर्ने, खानपान विपरित हुनसक्ने छ । विश्वासघाती चक्रब्यूह, कुलतीकुसंगतको भय पनि देखिन्छ । पछि पश्चाताप हुने काममा मनजाने जस्तो पनि नपर्ला भन्न सकिन्न । मानसिक उद्दिग्नता र निराशालाई हटाउन यथेष्ट धैर्यताको क्षमता बढाउनु नै बुद्धिमानी हुनेछ ।

शिर, नाककान घाँटी एवं छाती र दन्तरोग, अर्श (पाइल्स), ग्रन्थी (गाँठागुँठी) बढ्ने, वातव्याधि जस्ता स्वास्थ्य समस्याको सम्भावना देखिएको छ । उच्चरक्तचाप, मधुमेह, यक्ष्मा आदि दीर्घरोगी लगायत सम्बन्धितहरूले आहार विहार एवं नियमित औषधोपचारमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ ।

ग्रहानिष्ट एवम् तनावलाई समन गर्न तपाईले हनुमान तथा शनि महाकाल, भैरवदेव साथै माँ वगलामुखी र विद्यार्थीले विद्याकी देवी सरस्वतीको भक्ति–स्तुति तथा श्रद्धा आराधना गर्नु हितकर हुनेछ ।

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ