ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)
बर्षका ग्रह गोचर प्रतिकूल रहनेछ । मध्य साढेसाती सप्तम राहु तथा राशिको केतु र वार्षारम्भमा राशिमा रहेका वक्र गुरु र शनिको प्रतिकूल प्रभाव रहने हुँदा ग्रहको प्रभावले नकारात्मक अवस्था रहनेछ । धनस्थान र पराक्रम स्थानको मालिक शनि राशिमा बसेकोले विवादहरू बढ्नेछन् । सकेसम्म गोपनीयता अपनाउनु राम्रो रहनेछ । आम्दानीका अवसरहरू मिल्ने छैनन् ।
कामको फुर्सद नहुँदा पनि अधुरा काम बाँकी रहने र नयाँ काममा अवसर नपाउने हुँदा चिन्तित हुनु पर्नेछ । सहयोगीहरूको सहयोग पनि मिल्ने छैन । मित्रहरूले पूर्णरुपमा असहयोग गर्नेछन् । परिवारिक असहयोगले धन हातपार्न सकिनेछैन ।
[bs-quote quote=”ज्येष्ठ, आश्विन, कार्तिक, फाल्गुन शुभ, श्रावण, मार्ग, माघ, चैत्र अशुभ र बैशाख, आषाढ, भाद्र, पौष मध्य महिना हुनेछन् ।” style=”style-21″ align=”left”][/bs-quote]
घर तथा सवारी साधन जोड्ने क्रममा हुनुहुन्छ भने सजिलै प्राप्त हुने छैन । पढाइमा सफलता नमिल्ने र बौद्धिक कार्यमा कमजोर हुने भएकोले त्यसमा सफलता हाँसिल गर्न सकिनेछैन । पढ्नका लागि विदेश जाने तयारिमा भए त्यसमा सफता पाउने सम्भावना छैन । शत्रु बलिया हुने हुँदा आफ्नो जीत सुनिश्चित हुने छैन ।
व्यापारमा सफलता पाउन निकै कसरत गर्नु पर्नेछ । प्रेममा अवरोध आउने र वैवाहिक कार्यमा विलम्व हुने योग छ । सबैतिरबाट निरासाहरूमात्र छाउनेछन् । मन अत्यन्त विचलित हुनेछ । मनमस्तिष्क र शरीर सबै कमजोर बन्नेछन् । मानसिक तनावलाई नियन्त्रणमा लिन गाह्रो पर्नेछ । गलतलाई सही र सहीलाई गलत ठानेर निर्णय हुने हुँदा सर्वत्र आलोचना हुनेछ ।
झुटा आरोपको सामना प्रशस्त मात्रामा गर्नु पर्नेछ । आफन्तहरूनै कुराकाट्न तम्सिनेछन् । परिवारले समेत साथ नदिने हुँदा दिक्क भएर घर छाड्ने मनस्थिति बन्नेछ । बौध्दिक कार्यहरू ओझेलमा पर्नेछन् । पढाइमा ह्रास आउनेछ । व्यापारमा सङ्कट आउनुको साथै यात्रामा र वैदेशिक कार्यमा प्रशस्त सङ्कट सामना गर्नु पर्नेछ । भरोसा गरेकैहरूले अरुसँग मिलेर फसाउने सम्भावना छ ।
……………………………………………
ज्यो.पं.वैद्यराज दीपक सुवेदी
धनु राशिको लागि यो वर्ष अनुकूलताको तुलनामा प्रतिकूलता तथा संघर्षजन्य परिस्थितिसँग बढी जुध्नुपर्ने छ । धेरै पक्षमा सावधानी अप्नाउनु पर्ने खालको ग्रहगोचर देखिएको छ । मिथ्यापवाद, दुर्घटना, दैविक विपत्ति तथा धनजनको क्षति, दाम्पत्य कष्ट देखिएको छ भने परिबन्द, चोरी, राज्यबाट भय–कष्ट, गलत संगत, स्वजनबाट विश्वासघात, फसिने–ठगिने, नहुनेकार्यमा मन जाने, पश्चाताप पर्नेजस्ता फलको सामना गराउन ग्रहगोचरले बल गरिरहेको छ ।
अप्रत्यासित परिणाम दिने गोचर भएकोले एकातर्फको ईच्छा चाहना तर अर्कोतर्फको उपलब्धि हुनसक्नेछ । विनामेहनतको आम्दानितर्फ चेष्टा बढ्नसक्ने सम्भावना समेत देखिएको छ, सोबाट बचेको बुद्धिमानी हुनेछ अन्यथा पछि पश्चाताप पर्नसक्ने छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूको लागि भने अपेक्षित कार्यमा अबरोध भएपनि अनपेक्षित रूपमा आकस्मिक लाभ एवं उपलब्धि हुनेछ । संघर्षको बाबजुत पदप्रतिष्ठा मिल्ने, राज्यलाभ एवं सफलता र विजय भइनेछ ।
मुग्लान पस्नु अथवा विदेशीनु कार्यलाई गोचरले बल दिइरहेकोले घर छाड्ने, टाढा जाने, तीर्थाटन एवं विदेश यात्रा, निस्काम समाजसेवा, हठयोग, ईश्वरप्रणिधान, पारमार्थिक साधना एवं वैराग अनुसरण, अध्यात्म चिन्तन मार्गमा समयको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ ।
वातव्याधि, स्नायू तथा नशा रोग, ढाडकम्मर, शिर मस्तिष्क, उदरब्रण (अल्सर), उरःक्षत (क्षय), चोटपटक एवं प्रोष्टेड, वृक्कदोष अर्थात मिर्गौला सम्बन्धित रोग, यकृत शोथ तथा शोष अर्थात लिभर सम्बन्धी रोग, गर्भाशय, थायरायड, स्तन विकार आदि ग्रन्थीजनित रोगको खतरा छ । हृदयरोग, उच्चरक्तचाप, मधुमेह, दम जस्ता दीर्घरोगिहरू लगायत सम्बन्धित सबैले विशेषरूपमा ख्याल पुर्याई नै रहनुपर्ला ।
साढेसाती शनिलगायत ग्रहको दुष्प्रभावलाई कम गर्न शनिस्तोत्र पाठ, शनिमहाकाल, हनुमान, भैरव तथा छिन्नमस्ता देवी, माँ बगलामुखी, विद्यार्थीहरूले माँ सरस्वती आदिको दर्शन भक्ति एवं उपाशनाादि व्रत गर्नु विशेष हितकर हुनेछ ।
[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो