कुम्भ राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

कुम्भ राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

Kumbha 2076

कुम्भ राशि (गु.गे.गो.स.सी.सु.से.सो.द.)

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

वर्षारम्भमा शनि गुरु राहु केतुका साथै अधिकांश ग्रह अनुकूल भएकोले ज्ञान विज्ञान तथा प्राविधिक शिक्षा र त्यस्तै काममा चौतर्फी सफलता पाउने योग छ । तपाईको निश्चल कार्य र इमान्दारितामा राज्यले नतमस्तक हुनु पर्नेछ । निर्माण कार्यमा लाग्नेहरूले आफ्नो दक्षता प्रदर्शन गरी कूशलता प्रस्तुत गर्ने अवसर पाउनेछन । बोलीको प्रभाव राम्रो रहनाले आकस्मिक धनलाभ हुनुको साथै नसोचेको काम हात पार्न बोलीकै प्रभाव प्रयाप्त हुनेछ ।

ठूला व्यक्तिसँग हुने अन्तर संवादमा उनिहरुको मन जित्न सफल भई आफ्नो मनोबल बढ्नुको साथै उनीहरुकैे सदासयताबाट पद प्रतिष्ठा प्राप्तीकोे सम्भावना रहनेछ । नोकरीमा शुभ अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन ।पदोन्नतिको सम्भावना पनि प्रवल छ । राजनीतिमा गुमेको स्थान फर्काउन सफल भइनेछ । कुटनैतिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । शत्रु पराजय हुनुको साथै मित्र तथा पारिवारिक सहयोग प्रशस्त मात्रामा मिल्नेछ । नयाँ मित्रको आगमनले सफलतालाई अझै उचाइमा लैजानेछ । घर जग्गा तथा सवारी साधन जोड्ने प्रयासमा हुनु हुन्छभने ठूलै प्रयासले मात्र सफलता मिल्नेछ ।

[bs-quote quote=”बैशाख, श्रावण, मार्ग र पौष शुभ महिना हुन भने ज्येष्ठ, आश्विन, माघ र चैत्र खराब र आषाढ, भाद्र, कार्तिक र फाल्गुन मध्यम महिना हुन् ।” style=”style-8″ align=”left”][/bs-quote]

व्यापारमा लाभ मिल्नुको साथै रमाइलो यात्रा हुने र यात्रामा हुने भेटघाटले वैदेशिक कार्यमा लाभ हुने योग छ । प्रेमको प्रस्ताव अरुबाटै आउनेछ । अविवाहित र सन्तान नहुनेहरूको लागि यो वर्ष निकै फलदायी रहनेछ ।भाग्य बलियो हुनुको साथै धार्मिक कार्यहरूमा मन जाने र सामाजिक कार्यमा सम्मान पाउने बलियो सम्भावना छ । तीर्थयात्रा पनि हुनेछ । कुरा काटनेहरू सबै प्रशंसक हुनेछन् ।

पुराना समस्या सुल्झाउनका लागि यो उचित समय हो । आश्विन १९ पछि गुरुको केन्द्र प्रवेशले परिस्थिति अलि प्रतिकूल बन्नेछ । महत्वपूर्ण कामलाई भाद्र महिनासम्म सक्नु उपयुक्त हुनेछ । आषाढ ९ पछि कार्तिक १२ सम्म बृहस्पति केन्द्रमा स्थान हानी गरेर रहने हुँदा नोकरीमा केही अप्ठ्यारहरू आउनेछन् । गोपनीयतामा जोड दिनुहोला । राजनीतिमा शत्रुको कुदृष्टि पर्ने हुँदा अरुको विश्वासमा भन्दा आफ्नो विवेकमा काम गर्दा समस्या कम होला । यो समय अत्यन्त संयमित रहनु पर्नेछ ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

कुम्भ राशि हुनेहरूको लागि यो वर्ष मध्यम छ । कर्मक्षेत्रमा अप्रत्यक्ष रोकावट एवं आर्थिक मन्दिको सामना गर्नुपर्ने छ । तथापि दैनिक पेशा तथा व्यवसाय एवं ठिक्कको कार्यमा सफलता प्राप्त हुनेछ । न्यायिक विजय मिल्ने र कुलभित्र प्रतिष्ठा बढ्ने जस्ता कामहरू गर्नसकिने छ । व्यक्तिगतभन्दा सामाजिक एवं अर्काको कार्यमा समय दिनपर्ने छ । केही हद्सम्म सामाजिक प्रतिष्ठा आर्जन गर्नपनि सकिने छ ।

अल्लि विशेष महत्त्व दिएका कामकार्यहरूमा भने अबरोध सृजना हुनसक्ने देखिन्छ । कतिपय कामहरू अन्तिममा पुगेर अल्झिनसक्ने छन् । व्यापार–व्यवसायी तथा फार्मिङ्ग कृषक तथा उद्यमीलाई साख बचाउन धौधौ पर्नसक्ने छ । जसको ज्योतिषीय उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई अध्ययनमा अबरोध देखिन्छ । तसर्थ ग्रहउपचारको साथमा विद्यार्थीहरूले अध्ययनमा विशेष जोड् गर्नु पर्ला । गृहस्थीहरूलाई सन्ततिकष्ट, सन्तानसँग अमेल आदिको सम्भावना प्रतित् भइरहेको छ । गर्भवती दम्पतिले विशेष ख्याल पुर्याउनु पर्ने देखिन्छ । पछि पर्दाफास हुने अवैधकार्य एवं कुधनको कुचेष्टा तर्फसमेत मन आकर्षित हुनसक्ने कुरालाई नकार्न सकिन्न । चोटपटक, घाऊखटिरा, पिलो, ग्रन्थी सुजन, पेटसँग सम्बन्धित रोग आदिले सताउन सक्नेछ ।

वर्षको मध्य उपरान्त ग्रहको स्थितिमा केही सुधार आउने र परेका समस्यामा कमि आउने तथा रोकिएर रहेका कामकार्यमा सफलता प्राप्त गर्न सकिने छ । विद्यार्थीलाई अध्ययनमा सफलता मिल्नेछ भने अन्यलाई पेशामा उन्नति भई लाभ मिल्नेछ ।

स्वास्थ्य लगायत सम्भावित अनिष्ट एवं ग्रहजनित दुष्प्रभाव तथा रोकावटलाई निवाराण गर्नको लागि भैरवदेव र माँ बगलामुखीको साथै विद्यार्थीले माँ सरस्वतीको स्तुतिध्यान एवम् श्रद्धाभक्ति व्रत आदि गर्नु हितकर हुने छ ।

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ