२०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [बाह्र वटै राशीको वार्षिक राशीफल]

२०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [बाह्र वटै राशीको वार्षिक राशीफल]

zodic-signs

मेष राशि (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.) 

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

यो राशिलाई यस वर्ष ग्रहको प्रभाव समष्टिमा राम्रो रहने देखिन्छ । वर्षारम्भमा तृतीय राहु, नवम गुरु शनि वक्र रहेपनि तृतीय भावमा पूर्ण दृष्टि रहने र चन्द्र सूर्य को अनुकूलताले भाग्य बलियो हुनुको साथै वौद्धिक कार्यमा सफलता मिल्नेछ । सन्तान प्राप्तीको योग पनि यस वर्ष रहनेछ ।

राहुको कारण दाजुभाइ र सहयोगी हरुको सहयोग खासै मिल्ने देखिन्न । साधक व्यक्तिहरुको लागि यो वर्ष अनुकूल रहनेछ । धार्मिक कार्य हरुमा रुचि वढ्नुको साथै सामाजिक कार्यमा सम्मान पाउने योग छ ।

[bs-quote quote=”आषाढ, आश्विन, माघ, फाल्गुन राम्रो महिनामा पर्दछ भने ज्येष्ठ, श्रावण, मार्ग, चैत्र खराव र अन्य महिना मध्यम रहनेछ ।” style=”style-21″ align=”left”][/bs-quote]

नोकरीमा उतार चढावका वावजुद सफलतामा पुग्न सकिनेछ । राजनीतिमा आफ्ने वर्चश्व कायम राख्न सफल भइनेछ । मित्रहरुले पूर्ण सहयोग गर्नेछन परिवारको सहयोग सोचे जस्तै मिल्नेछ । घर जग्गा जोड्ने र सवारीसाधन जोड्ने तरखरमा हुनुहुन्छ भने सजिलै सफलता मिल्नेछ ।

शैक्षिक उन्नतिमा छात्रबृद्धि हासिल गर्दै विदेश यात्रा हुने र राजनैतिक र कूटनैतिक कार्यको सिलसिलामा अथवा वैदेशिक व्यापारको बजार व्यवस्थापनको लागि विदेशिने योग छ । नयाँ प्रेम हुनुको वा पुरानो प्रेमको यात्राले वैवाहिक मार्ग अवलम्वन गर्नेछ ।

आषाढ १० गते देखि कार्तिक १२ गते सम्म गुरु पूनः वृश्चिक राशिमा फर्कने हुँदा स्वास्थ्यमा वाधा आउनुको साथै काममा अवरोध आउने, मन अशान्त हुने, भाग्य कमजोर हुने योग छ । धार्मिक कार्यमा अरुचि बढ्ने, लेनदेनमा अग्रसर भएमा आर्थिक संकट बढ्ने अवस्था आउँछ । विस्वास गरेकाले धोका दिनेछन । मन अशान्ति हुनेछ । यो समय ओं बृँ बृहस्पतये नमः भन्ने मन्त्र जप गर्नु राम्रो हुन्छ । अन्य समयमा ग्रहगोचर राम्रो रहनेछ । आषाढ, आश्विन, माघ, फाल्गुन राम्रो महिनामा पर्दछ भने ज्येष्ठ, श्रावण, मार्ग, चैत्र खराव र अन्य महिना मध्यम रहनेछ ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

मेष राशि हुनेहरूको लागि वर्ष सामान्यतया संघर्षप्रद देखिएको छ । वर्षको मध्यतिर भने केही सहज अनुभव गर्न पाइने छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूको लागि आकस्मिक लाभको अवसरहरू पनि मिल्ने छन् । प्रतिस्पर्धा आदिमा सफलता मिल्नेछ । मुद्धामामिला जन्य पक्षमा विजयी भइनेछ ।  जन्मकालीन ग्रहहरू प्रतिकूल हुनेहरूको लागि भने उथलपुथलजन्य छ । जागिर अथवा कार्यरत क्षेत्र तथा खाइपाई आएको सेवासुविधामा अबरोध देखिएको छ । व्यवसाय उद्यम आदिको बारेमा अप्रत्यासित प्रस्तावहरू आउनसक्ने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुनसक्ने छ । दाजुभाइ एवं नातासम्बन्धमा अप्रत्यासित कष्ट तथा असमझदारी एवं वैमनस्यता हुने लक्षण छ, सावधानी अप्नाउनु होला । मान्यजनको कष्ट–वियोगसम्म व्यहोर्न पर्नसक्ने देखिएको छ ।

पछि पर्दाफास हुनेर ईज्जतप्रतिष्ठामा आँच आउने कैफियतपूर्ण कार्यप्रति मन आकर्षित हुने तथा कुसंगत हुनजाने सम्भावना छ, निकै होशियारी अप्नाउनु होला । शुरुमा धार्मिक–आध्यात्मिक मार्ग अथवा गुरुजनप्रतिको आस्थामा ह्रास आउनसक्ने भएता पनि वर्षको मध्यतिरबाट घटेको आस्था बढ्ने छ भने केही धार्मिक कार्य संपादन गर्न भूमिका निर्वाह पनि गर्न पाइने छ ।  भलै संघर्षको बढी अनुभूति किन नहोस् स्वकर्मलाई प्रसय दिने कर्मयोगीको लागि भने अपगाल तथा अपयशको बाबजुत अप्रत्यासित उपलब्धि र सफलता मिल्नेछ ।

फोक्सो, हात, घाँटी, घुँडा, पाचनक्रिया एवं लिभर, स्नायु तथा नशारोगसँग सम्बन्धित समस्या लाग्न वा बढ्नसक्ने संकेत छ । दम, उच्चरक्तचाप, मधुमेहलगायतका विमारी एवं महादशामा प्रतिकूल दशा चल्नेहरूले विशेष सावधानी अपनाउनु होला ।  यो वर्ष तपाईले माँ बगलामुखी, भैरवदेव र हनुमानदेवको साथै विद्यार्थीहरूले माँ सरस्वतीको वन्दना दर्शनभक्ति उपाशना गर्नु हितप्रद रहनेछ ।

वृष राशि (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.) 

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

यो वर्ष ग्रहगोचर का दृष्टिमा त्यति अनुकूल देखिन्न । वर्षारम्भमा अष्टम वक्र शनि र गुरुको प्रतिकूल प्रभाव र द्वितीय वक्र राहु शनि गुरुको वक्र दृष्टि रहने हुँदा धन क्षति हुनुको साथै दाँत मुखमा पीडा हुनेछ ।

अनावस्यक विवादले मानिसक तनाव बढाउनेछ । विस्वासमा धोका हुनेछ । ठूला व्यक्तिसँग हुने विमतिले राजनीति कर्मीहरुको अवस्था जटिल बन्नेछ । हाड जोर्नी दुख्नुको साथै मुत्रविकार वढ्ने सम्भावना रहन्छ । शरीरमा आलस्यता बढ्नुको साथै निर्णयको अभावले काम बीचमा रोकिने र आर्थिक संकट प्रसस्त मात्रामा बढ्नेछ ।

[bs-quote quote=”बैशाख, आषाढ, भाद्र, पौष महिना प्रतिकूल रहने छ । श्रावण, कार्तिक, फाल्गुन, चैत्र अनुकूल रहने र अरु मध्यम रहनेछन । ” style=”style-21″ align=”left”][/bs-quote]

घरेलु समस्याले पनि धेरै सताउनेछ । मित्रहरुले अप्ठ्यारोमा सहयोग गर्ने छैनन । सवारी साधनले बेला बेलामा धोका दिनेछ । पतीपत्नीबीच मतभेद बढ्ने, व्यापारमा समस्या आउने र कूटनैतिक तथा वैदेशिक कार्यमा संकट आउने योग छ ।नोकरीमा संकट आउनेछ ।

राजनीतिमा एक पछि अर्काे समस्याले पदप्रतिष्ठामा समेत आँच आउनेछ । आषाढ ९ देखि कार्तिक १२ गते सम्म गुरुको अनुकूल प्रभावले बोल्न विचार पुर्‍याउँदा वैदेशिक कार्यमा सुधार आउनुको साथै व्यापारमा प्रगति हुने, पति-पत्नी बीच सम्बन्ध राम्रो बन्ने, परिवारिक सहयोग मिल्ने तथा शैक्षिक यात्राको अवसर मिल्ने, सन्तानबाट लाभ हुने, प्रेममा सफल हुने र वैवाहिक कार्यमा सकारात्मक कुरा अगाडि बढ्ने देखिन्छ ।

फाल्गुन ५ गते देखि शनि अनुकूल रहने छ । मित्रहरुले साथ दिने हुँदा नयाँ कामको सुरुवात हुने तथा रोकिएका कामहरु पनि पुरा हुनेछन् । आम्दानी पनि बढ्नेछ । परिवारिक सुख र नोकरी तथा राजनीतिमा सुधार आउनेछ । बैशाख, आषाढ, भाद्र, पौष महिना प्रतिकूल रहने छ । श्रावण, कार्तिक, फाल्गुन, चैत्र अनुकूल रहने र अरु मध्यम रहनेछन । वर्षको आरम्भ देखिनै ओं नमः शिवाय महाँ देवाय मृत्युँञ्जय महाँ देवायनमोऽस्तुते भन्ने मन्त्रको जप सकेसम्म धेरै गर्नु राम्रो हुनेछ ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

वृष राशि हुनेहरूको लागि यो वर्षको मध्यसम्म संघर्षको वाबजुत केही उपलब्धि हासिल गर्न सनिने छ । तथापि बढी ईच्छाएको काममा सफलता पाउन अल्लि कठिन छ । अपयशको पनि सामना गर्नुपर्ने देखिन्छ । व्यापारजन्य आय–आम्दानीको मात्रा केहीहद्सम्म बढ्नेछ । प्रतिकूल ग्रहको उपाय अप्नाउनाले राजनीति एवम् समाज सेवा र जागिर आदिमा साविकको भन्दा केही माथिल्लो भूमिका प्राप्त गर्नसकिने छ । केही अबरोधको बाबजुत अल्लिबढी मेहनत गर्नाले नयाँ पेशा–व्यवसाय तथा जागिर मिल्ने र पुरुषार्थ गर्न सकिने छ ।

विवाह योग्य युवायुवतीको लागि दाम्पत्यसम्बन्ध जोडिने छ । वैदेशिक यात्राको पर्खाइमा रहेकाहरूको ईच्छा पूर्ति हुने समय परेको छ ।भाद्र उपरान्त ग्रहको प्रतिकूलता बढ्नसक्ने आफ्नै र मान्यजनको स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने छ भने आफन्तिजन टाढिनसक्ने भएकोले आवश्यक सावधानी एवं निवारणका उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

अर्श (पाइल्स), पाचनक्रियाको समस्या, ग्रन्थी रोग, स्नायु तथा वातरोग, चोटपटक एवं घाऊखटिरा, ज्वरो जस्ता स्वास्थ्य समस्याको संकेत देखिएको छ । मधुमेह, उच्चरक्तचाप तथा हृदय रोग, दम आदिका दीर्घरोगीले विशेष सावधानी अप्नाउनु उचित हुनेछ । जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल भई सन्तानदोष व्यहोर्न परिहेकाहरूको लागि सावधानी अप्नाउन पर्ने देखिएको छ । विशेष गरी गर्भवतीहरूले बढी ध्यान पुर्याउन जरुरी हुनेछ ।

अढैया शनिलगायतका प्रतिकूल ग्रहगोचरको दुष्प्रभाव कम गर्न महावीर पवनपुत्र हनुमान, भैरवदेव, माँ भगवती र वर्षान्तमा माँ बगलामुखी तथा विद्यार्थीले माँ सरस्वतीको सेवा श्रद्धाभक्ति एवं स्तुति गर्नाले ग्रहको दुस्प्रभाव कम गर्न मद्दत हुनेछ ।

मिथुन राशि  (का.कि.कु.घ.ङ.छ.के.को.ह.) 

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

यो वर्ष ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भको समय गुरु, शनि, सूर्य, चन्द्र र राहु अनुकूल रहने हुँदा गरेका काममा सफलता मिल्ने छ । व्यापार उन्नति, शैक्षिक उन्नतिका साथै कूटनैतिक कार्यलाइ लिएर विदेश यात्रा हुने योग छ । राजनीतिमा वैदेशिक सहयोग प्राप्त भई अरुलाई उछिन्दै अघि बढ्ने अवसर पनि मिल्नेछ ।

कार्तिक १३ देखि फाल्गुन ४ सम्म ग्रह गोचर राम्रो भएकोले महत्वपूर्ण काम हरु त्यति बेलानै गर्नु राम्रो हुनेछ । राशिमा एकादश तृतीय स्थानमा गुरुको दृष्टि पर्ने हुँदा आम्दानी प्रसस्त मात्रामा हुने, पढाइमा प्रगति हुने, तथा सन्तान प्राप्ती र भएका सन्तानले उन्नति गर्ने योग बलियो छ । किशोर किशोरीहरुलाई प्रेम गर्ने अवसर मिल्नेछ । साथै वैवाहिक वन्धनमा बाँधिने सम्भावना रहन्छ ।

[bs-quote quote=”ज्येष्ठ, श्रावण, आश्विन, माघ अशुभ महिना हुन भने वैशाख, भाद्र, कार्तिक, पौष, फाल्गुन शुभ महिना हुन्। अरु मध्यम रहने छन् । ” style=”style-21″ align=”left”][/bs-quote]

औद्योगिक कार्यमा लाग्नेहरुको लागि समय अनुकूल रहनेछ । निर्माण व्यवसायीहरुले सोचेजस्तै सफलता पाउनेछन् । आषाढ ९ गते देखि कार्तिक १२ गते सम्म गुरु प्रतिकूल हुनाले शत्रु बढ्ने, काममा अवरोध आउने, वैदेशिक कार्यमा समस्या हुने र नोकरीमा संकट आउनुको साथै राजनीतिमा ठूलो संकट अउनेछ ।

विस्वास गरेकाले धोका दिनेछन् । व्यापारमा संकट आउने, कूटनैतिक कार्यमा असफल भई राजनीतिमा मुद्धा मामिलाले वदनाम हुनसक्ने यो समय अति संयम हुनुपर्नेछ । कार्तिक १३ देखि फाल्गुन ४ सम्म ग्रह गोचर राम्रो भएकोले महत्वपूर्ण कामहरु त्यति बेलानै गर्नु राम्रो हुनेछ । फाल्गुन ५ देखि अढैया शनि सुरु हुने हुँदा समय प्रतिकूल हुनेछ । आर्थिक कठिनाई धेरै बढ्नेछ । स्वास्थ्यमा वाधा आउनेछ । मुटु तथा मस्तिष्कमा समस्या आउन सक्छ ।

पति–पत्नी बीच सम्बन्ध बिग्रन सक्छ । ज्येष्ठ, श्रावण, आश्विन, माघ अशुभ महिना हुन भने वैशाख, भाद्र, कार्तिक, पौष, फाल्गुन शुभ महिना हुन्। अरु मध्यम रहने छन । ओं शं शनिश्चराय नमः यो मन्त्रको जप वर्षारम्भ देखिनै गर्नु होला ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

मिथुन राशिको लागि यो वर्षको मध्यसम्म अल्लि बढी संघर्षप्रद गोचर रहेकोले स्वकर्मबाट विचलित नहुन संयम एवं सहनशक्ति र कर्मयोग बढाउनु उचित हुनेछ । जसले विभिन्न बाधा अड्चन एवं अपयशको बाबजुत आंशिक कार्यमा सफलता मिल्ने छ । महत्त्वाकांक्षी स्वभाव हुनेहरूलाई कम उपलब्धिले मानसिक उद्दिग्नता तथा उदासिनता बढ्न गइ आस्थाको धरोहरमा ह्रास आउने एवं किंकर्तव्य विमूढताको मनोविज्ञानले प्रसय पाउने हुनसक्ने छ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई दाम्पत्यसम्बन्धमा ह्रास आउने तथा जीवनसाथीलाई कष्ट हुने सम्भावना छ । प्रेममा धोखा हुने तथा कपटी प्रेमको फन्दामा परिनसक्ने खतरा छ । कसैकसैलाई कुसंगत एवं सरुवा तथा गुप्तरोगको भय भएकोले आत्मसंयमको निकै जरुरी देखिन्छ । परिवारमा पनि रोगव्याधिले सताउनसक्ने छ ।

जन्मकालीन ग्रह अनुकुल हुनेहरूलाई भने आकस्मिक लाभ एवं उपलब्धि मिल्नेछ । वर्षको उत्तरार्धबाट ग्रहगोचरमा केही सुधार आउने र कामकार्य एवं परिस्थितिमा सहज हुनेछ । सकारात्मक चिन्तनले सद्कर्म बढाउन सकिनेछ । घर परिवार तथा आफन्तिबाट टाढिनेजन्य यात्रामा सफलता मिल्ने छ । व्यापार तथा व्यवसायबाट पनि केही लाभांश हातपार्न सकिने छ ।

शिरशूल, स्नायु तथा नशारोग, यौनरोग, गर्भाशय, मलाशय, ठूलोआन्द्रा, पौरुष ग्रन्थी, मिर्गौला, संक्रामक रोग र हार्मोनिक समस्या आदिको सम्भावनालाई नकार्न नसकिने हुनाले तत्सम्बन्धी विषयमा संयम र सजग हुनु जरुरी देखिन्छ ।

यो वर्ष अनिष्ट फललाई न्यून गर्न हतोत्साही नभइ इष्टदेवको भक्ति तथा साधनालाई बढाउँदै हनुमान–शनिमहाकाल, महाकाली, भैरव–छिन्नमस्ता र विद्यार्थीले माँ सरस्वती तथा सर्वसाधारण सबैले माँ वगलामुखी एवम् कुलदेवताको श्रद्धाभक्ति, जपपाठ, स्तुति, काग–कुकुर सेवा र ब्रह्मज्ञानी गुरुजनको आर्शिवाद लिने जस्ता उपाय एवं व्रत अवलम्वन गर्नु हितकर हुने छ ।

कर्कट राशि (हि.हु.हे.हो.डा.डि.डु.डे.डो.) 

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

ग्रह गोचर समष्टिमा राम्रो छ । वर्षारम्भदेखि नै राहु बाह्रौ तथा छैटा गुरुको प्रतिकूलताले खर्च बढाउने, विवाद बढाउने र चिन्ता बढाउने हुनाले संयम हुनु पर्नेछ । विद्या र उन्नतिमा वाधा हुने र वौद्घिक कार्यमा प्रसस्त कठिनाई आउनेछन । समयमा निर्णय नहुँदा महत्वपूर्ण कामहरु बिग्रनेछन । मित्रहरुले समयमा कुरा नवुझ्ने र शत्रुले मौका छोपेर अप्ठ्यारो पारी फसाउने हुँदा गोपनियतामा जोड दिनु पर्ला । प्रेम सम्बन्धमा विवाद उत्पन्न हुँदा प्रतिष्ठामा आँच आउन सक्ने र त्यही कारणले प्रसस्त धन क्षति हुनसक्ने भएकोले प्रेमको मामलामा सचेत हुनु राम्रो देखिन्छ ।

[bs-quote quote=”आषाढ, भाद्र, कार्तिक तथा फाल्गुन महिना अशुभ हुनेछन भने बैशाख, ज्येष्ठ, आश्विन, पौष शुभ महिना हुन्” style=”style-21″ align=”left”][/bs-quote]

वैदेशिक व्यापारमा समस्या आउने तथा कूटनैतिक क्षेत्रमा विवाद बढ्न सक्ने हुनाले यस्ता कार्य हरुमा संयमित भएर काम गर्नु उचित हुनेछ । धार्मिक पक्ष कमजोर हुँदा मनोवल कमजोर भएपनि ज्येष्ठ ९ गते बाट कार्तिक १२ गते सम्म पञ्चम गुरुको भाग्य स्थान, एकादश स्थान र राशिमा दृष्टि अनुकूलताले बौद्धिक कार्यहरु धेरै हुनेछन् ।

शैक्षिक कार्यमा सफलता सोचे जस्तै मिल्नेछ । लेखन मार्गमा सोचेभन्दा बढि सफलता मिल्नेछ । सन्तान सुख राम्रो हुनुको साथै सन्तान नहुनेलाइ सन्तान लाभ हुने वर्ष छ ।व्यापारमा सफलता मिल्नुको साथै वैदेशिक कार्यमा निर्विवाद अघि बढ्ने अवसर मिल्नेछ । सो कार्यबाट मनग्य धन कमाउने अवसर मिल्नेछ । कूटनैतिक क्षत्रमा ऐतिहासिक सफलता मिल्नेछ ।

कूटनैतिक कार्यबाट राजनीतिमा अग्रहुने अवसर पनि मिल्नेछ । मित्र परिवारजनहरुको पर्याप्त सहयोग मिल्नेछ भने शत्रु पराजय हुनेछन । घर तथा सवारी साधन जोड्ने तरखरमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।आषाढ, भाद्र, कार्तिक तथा फाल्गुन महिना अशुभ हुनेछन भने बैशाख, ज्येष्ठ, आश्विन, पौष शुभ महिना हुन् । अन्य महिनाहरु मध्यम रहनेछन् ॐ नमः भगवते वाशुदेवाय यो मन्त्रको जप बर्षारम्भ देखिनै गर्नु राम्रो होला ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

कर्कट राशि हुनेहरूको लागि यो वर्षको पूर्वार्धमा विशेष कामकार्यमा सफलता प्राप्त गर्नसकिने छ । व्यवसायिक उन्नति, अध्ययन सफल, घर–जग्गाको व्यवस्था आदि विशेष एवं महत्त्वपूर्ण कामकार्यहरू बन्ने छन् । उद्योगीको उद्योगधन्दा फस्टाउनेछ, नयाँ पेशाको थालनी हुनसक्ने छ । रोजगारीको प्रतिक्षामा बसेकाहरूको लागि वर्ष विशेष अनुकूल देखिएको छ, समयको सदुपयोग गर्नुहोला । राजनीति एवं समाज सेवामा पदीय हैसियत तथा जिम्मेवारी मिल्नेछ । जागिरमा पदोन्नति हुनेछ । खेलकुदकर्मीको लागि पनि वर्ष उपलब्धिमूलक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ ।

विवाह योग्य युवायुवतीको लागि विवाहबन्धन कसिने छ भने असमझदारी झेल्दै आएका दम्पति तथा प्रेमजोडी बीच सुधार आइ सम्बन्ध प्रगाढ बन्नेछ । सन्तान अभिलाषीलाई सन्तान प्राप्ति हुनेछ । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । प्रतिस्पर्धा एवं न्यायिक क्षेत्रआदिमा सफलता र वीजय प्राप्त हुनेछ । घर परिवारमा विवाह व्रतबन्धादि धार्मिक आध्यातिमक अनुष्ठान आदि सम्पादन हुनसक्ने छ भने तीर्थाटनको पनि अवसर मिल्ने सम्भावना छ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई अनावश्यक रूपमा धनको फुर्ति एवं उन्माद बढ्नसक्ने छ भने आफूबाट गएको तथा दिएको चीज नफर्कने सम्भावना छ सरसापट्टी आदिमा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । शिरशूल, ढाड–कम्मर, घुँडा–खुट्टा तथा हाडजोर्नी–नशा एवं ग्रन्थीसम्बन्धी समस्या हुनसक्ने गोचर परेको हुनाले स्वास्थ्य एवं आहार विहारमा ध्यान दिन जरुरी देखिएको छ । वर्षको उत्तरार्ध पछि प्रतिकूलता बढ्ने छ आवश्यक संयम अप्नाउनु बुद्धिमानी हुनेछ ।

यो राशि हुनेहरूले यो वर्ष भैरव उपाशना र भाद्रमास उपरान्त माँ बगलामुखीको साथमा हनुमानदेवको भक्तिदर्शन तथा व्रतादि एवं विद्वान गुरुजनबाट आर्शिवाद मार्गदर्शन ग्रहण आदि गर्नु शुभप्रद हुनेछ ।

सिंह राशि (म.मि.मु.मे.मो.ट.टि.टु.टे.) –

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

यस बर्षका ग्रह गोचर समष्टिमा राम्रो रहनेछ । एकादश स्थानमा उच्च राहुलाई पञ्चम गुरुको दृष्टिको अनुकूल प्रभाव बर्षभरि नै रहनेछ । राहुको तथा गुरुको अनुकूलताले अधुरा कामहरु पुरा हुने र नयाँ काम आरम्भ हुने हुँदा आम्दानी ह्वात्तै बढ्ने मित्र तथा गैर मित्र हरुबाट पर्याप्त सहयोग पाउने हुँदा उच्च सम्मान बढ्ने मस्तिष्क तिब्र हुने र शत्रुलाई परास्त गर्ने योग भएकोले सकृय भएर काम गर्नुपर्ला ।

सहयोगीहरूबाट र दाजुभाइहरूबाट राम्रो सहयोग नपाए तापनि आफ्नै प्रयास र प्रयत्नले सफलता हाँसिल गरी महत्वपूर्ण काम हात पार्न सफल हुनुहोला गुरु, केतु तथा शनि पञ्चममा एक साथ रहेको वर्षारम्भले शैक्षिक क्षेत्रलाइ धुँमिल्याउन खोजे पनि शनि बृहस्पतिको संयोग निकै बलवान हुने हुँदा उतारचढावका वावजुद शैक्षिक मार्ग सवै र विशेष कानुन र प्राविधीक पक्षमा अनुकूल हुनुको साथै छात्रवृत्ति सहितको शैक्षिक यात्रा गर्ने अवसरहरू पनि मिल्नेछन् । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बोलिको प्रभाव राम्रो रहनेछ ।

[bs-quote quote=”ज्येष्ठ, आषाढ, कार्तिक, माघ राम्रो महिनामा पर्दछ भने श्रावण, आश्विन मार्ग र चैत्र खराव महिना र वैशाख, भाद्र, पौष फाल्गुन मध्यम महिना रहनेछ ।” style=”style-21″ align=”left”][/bs-quote]

ठूला व्यक्तिले आफू प्रति विश्वास गर्नेछन् ।सहयोगीहरूबाट र दाजुभाइहरूबाट राम्रो सहयोग नपाए तापनि आफ्नै प्रयास र प्रयत्नले सफलता हाँसिल गरी महत्वपूर्ण काम हात पार्न सफल हुनुहोला ।

औद्योगिक कार्यमा नयाँ अवसरहरू पनि पर्याप्त मात्रामा मिल्नेछन् । घर तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । सप्तम शनि र पञ्चम गुरुको एक साथ बन्ने राजयोगले बौद्धिक र कूटनैतिक कार्यमा ठूलो फड्को मार्दै राष्ट्रिय सम्मान पाउने योग छ ।

भुलेका मित्रले याद गर्दै विदेश घुमाउने प्रयास गर्नेछन् । प्रेमको प्रस्ताव अरुबाटै आउनेछ । पुराना प्रेमले दाम्पत्य जीवनको बाटो अंँगाल्नेछ । सामाजिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ ।

नोकरीमा पदोन्नति र राजनीतिमा आफ्नो वर्चस्व बढाउन प्रतिस्पर्धाले मात्र सकिनेछ । आषाढ ८ गते देखि कार्तिक १२ गते सम्म गुरु केन्द्रादि दोष बनाउँदै प्रतिकूल हुने हुँदा घरेलु कार्यमा र मित्रको सम्बन्धमा अनावश्यक संकट ह्वात्तै बढ्नेछ ।

फाल्गुन ५ गते पछि शनिको सातौँ स्थान प्रवेशले पति–पत्नीबीच बढ्ने विवादले मनलाई विचलित पार्ने तथा आफन्तहरूसँग मनमुटावले शत्रुलाई बलियो गराउने भएकोले केही अप्ठ्याराहरू देखिए पनि यस वर्ष ग्रह स्थिति राम्रो छ ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

सिंह राशिका व्यक्तिलाई यो वर्ष मध्यम खालको छ । वर्षको मध्यसम्म अपेक्षित कार्यमा सफलता तथा उपलब्धि पाउन संघर्ष देखिएको छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूलाई आकस्मिक लाभको संभावना भने सुरक्षित नै देखिन्छ । तर पछि ईज्जत तथा प्रतिष्ठामा आँच आउने खालको कैफियतयुक्त आर्जनतर्फ मन आकर्षित हुनसक्ने छ जसबाट बच्नु बुद्धिमानी हुनेछ ।

अध्ययन, बोलीवचन तथा जनव्यवहारमा ज्ञानोन्माद्–प्रमाद् बढ्नसक्ने भय छ । ग्रहले विषयान्तर गराउन तथा अध्ययनलाई अधुरो राख्न खोजिरहेकोले विद्यार्थीले विशेष ध्यान पुर्याउन जरुरी देखिन्छ । सैद्धान्तिक एवं नीतिगत विचलन आउने र मान्छेहरूको मुल्याङ्कनमा तपाईको कमजोरी फेला पर्नसक्ने सम्भावना छ ।

जन्म कालीन ग्रह प्रतिकूल हुनेलाई भएका कारोवार उल्टिन सक्नेछ । तान्त्रिक आदि गुप्त विद्याको अभिलाषा बढ्ने, भूमिगत एवम् जासुसि कर्ममा उद्यत हुने बुद्धि पलाउने सम्भावना देखिन्छ । जसबाट बचेकै राम्रो हुनेछ । पाचनक्रिया, कलेजो आदि पेटसँग सम्बन्धित र स्नायू तथा नशा रोगको सम्भावना छ । सन्तानकष्ट तथा सन्तानको पक्षबाट चिन्ता, असन्तोष, असमझदारी तथा खर्च एवं अपहेलित हुनपर्ने जस्ता विपरित प्रभावको ग्रहस्थिति देखिन्छ । गर्भावस्थामा रहनु भएकाहरूले विशेष ख्याल पुर्याउन जरुरी देखिन्छ ।

वर्षको मध्यतिरबाट भने स्थितिमा राम्रो सुधार आउने छ । केही महत्त्वपूर्ण कामकार्य सम्पन्न गर्नसकिने छ । पशुपालन, कृषिकर्मजन्य व्यवसाय, प्राविधिक क्षेत्रबाट भने फाइदा उठाउन सकिने छ । यो वर्ष तपाईले हनुमान चालिसा, भगवती स्तोत्र, भैरवस्तोत्र आदि पाठ, महाकालशनि, भैरवदेव, काली, छिन्नमस्ता आदि देवदेवीको दर्शन भक्ति एवं सात्त्विक पूजापाठ, व्रत आदि उपाशना अवलम्वन गर्नु बुद्धिमानी हुनेछ ।

कन्या राशि (टो.प.पी.पु.ष.ण.ठ.पे.पो.) 

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

वर्षारम्भमा चतुर्थ वक्री केतु गुरु र अढैया शनिको प्रतिकूल प्रभाव रहनेछ । गुरु तथा शनिका कारण परिवारिक समस्या बढ्नेछ । पेट गडवड हुनुको साथै मित्रहरूको असहयोगले काम गर्न अप्ठ्यारो हुनेछ । विश्वास गरेकाहरूबाट विश्वास घात हुनेछ । बसाईं सराइको योग पनि देखिन्छ । सवारी साधनले पटकपटक दुःख दिनेछ । घरेलु समस्याले गर्दा पढाइमा अवरोध आउनेछ । सन्तानसँग पनि विमति भएर चिन्ता बढ्नेछ ।

शत्रुले परिवारसँग मिलेर फसाउने प्रयत्न गर्नेछन् । आफन्तहरू सहयोग गर्न भन्दा कुरा काट्न उद्धत हुनेछन् । आमा हुनेहरूको लागि आमाको स्वास्थ्य समस्याले धेरै सताउनेछ । हाडजोर्नीको पीडा पनि कमी हुनेछैन । लेनदेनमा विवादको समाना गर्नु पर्नेछ । नोकरी तथा राजनीतिमा राहुको प्रतिकूलताले समय समयमा संकट सिर्जना गरेपनि राहु उच्च हुनाले प्रयत्न गर्दा सफल हुन सकिनेछ । आषाढ ९ गते देखि कार्तिक १२ गते सम्म गुरुको अनुकूलताले गर्दा भाग्य बलियो भई अरुको विश्वास सजिलै जित्न सकिनेछ ।

[bs-quote quote=”आषाढ, श्रावण, मार्ग, फाल्गुन राम्रो महिनामा पर्दछ भने बैशाख, भाद्र, कार्तिक, पौष नराम्रो र ज्येष्ठ, आश्विन, माघ, चैत्र मध्यम महिनामा पर्दछ ।” style=”style-21″ align=”left”][/bs-quote]

संयमीत भएर काम गर्दा धेरै कुरामा सफलता मिल्नेछ । पराक्रम बढ्ने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । यो समय सेवक तथा दाजुभाइहरूवाट उचित सहयोग मिल्न सक्नेछ । धर्ममा रुची बढ्ने र तीर्थयात्राको योग पनि वलियो छ । सामाजिक कार्यमा प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईंको आवश्यकता महसुस हुनेछ र विरोधीहरू नै शरण पर्न आउनेछन् । व्यापारमा लाभ सोचेभन्दा बढि नै मिल्नेछ । कूटनैतिक क्षेत्रमा ऐतिहासिक र अविष्मरणीय कार्य गरेर समाजको उत्थान र शत्रुको शीर निहुराउन सफल हुनुहोला । विना दौडधूप प्रेममा सफलता मिल्नेछ ।

अविवाहितहरूको लागि विवाहको र विवाहितहरुको लागि सन्तानको योग रहनेछ । खर्चको गति तीव्र भए पनि आम्दानीका श्रोतहरू चौतर्फी जुट्नेछन् ।

राज्यले फसाउने प्रयास गरेपनि तपाईंको इमान्दारिताले अन्ततः राज्यनै झुक्नु पर्ने देखिन्छ । यो समय बलको काममा भन्दा बुद्धिको काममा जोड दिनु राम्रो हुनेछ । फाल्गुन ५ गते देखि अढैया शनि सकिने हुँदा वैदेशिक व्यवसाय र कुटनैतिक क्षेत्र र पर्यटकीय व्यवसायमा हुनेहरूको लागी यो समय राम्रो रहनेछ ।सवारी साधन र घरजग्गा व्यवसाय गर्नेहरु फाल्गुन ४ गते सम्म नराम्रोसँग फस्न सक्नेछन् ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

कन्या राशि हुनेहरूको लागि यो वर्ष संघर्ष एवं उथलपुथलप्रद देखिएको छ । तरपनि सत् नछाड्ने र स्वकर्ममा रत् रहने तथा संयमपूर्वक बुद्धिले काम लिने कर्मयोगीहरूले संभावित खतिक्षतिलाई टार्न सकिनेछ । हिम्मत गिराउन पर्नेछैन । भलै ठूलो उपलब्धि नभएपनि सामाजिक कार्यहरूमा सक्रियता बढाउन सकिनेछ । व्यक्तिगत लाभ कम भएपनि अभियानमूलक लोकहितका कार्यमा भूमिका निभाउन सकिने छ । बढी महत्त्व दिइएको कार्यमा ढिलासुस्ति तथा बाधा अबरोध आउने नै छ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि चोटपटक–घाऊखटिरा जन्य रोग, दैविक विपत्ति, व्यवहारिक एवम् घरायसी समस्याहरूले दुःख दिनसक्ने भएकोले हरप्रकारको सावधानी अप्नाउनु आवश्यक देखिन्छ । जग्गा तथा घरघडेरीको किनबेच गर्न समय त्यति अनुकूल छैन, विश्वासघात–धोका हुने, फसिने तथा पछुतो हुने समय छ । सित्तिमिति कसैको भरोसा नगरेकै राम्रो हुनेछ । कुलमा रोगको प्रकोप, मान्यजनकष्ट तथा वियोगसम्मको सम्भावना एवं आफन्त, साथीभाई, छरछिमेकी, सहकर्मी आदिसँग असमझदारीको सामना गर्नुपर्ने हुनसक्ने छ । मुद्धामामिला पर्नसक्ने सम्मको ग्रहगोचर छ सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ ।

व्यापार–व्यवसायमा मन्दि महसूस हुनजाला, समाजसेवा, राजनीति, जागिर आदिमा आलोचना तथा अपयश नपर्ला भन्न सकिन्न । पशुचौपाया तथा कृषि आदिबाट पनि मनग्य लाभको अपेक्षा नराखेकै राम्रो होला । घरभन्दा पर तथा विदेश यात्रा आदिको लागिभने वर्ष अनुकूल रहनेछ । घरपरिवारमा दानपूण्य, विवाहव्रतबन्ध आदि माङ्गलिक कार्य हुनजाने छ । अध्ययनमा आइरहेको अड्चन कम भएर जानेछ । ज्ञानोन्माद् नगरी समयको सदुपयोग गरेको खण्डमा शुभ परिणाम हात पार्न सकिने छ । वर्षको उत्तरार्ध पछि तसै केही सुविस्ता महसूस हुनेछ ।

हनुमान–शनिमहाकाल एवम् भैरवदेव र माँ बगलामुखीको सात्त्विक तवरबाट स्तुति आराधना गर्नाले प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न मद्दत मिल्नेछ ।

तुला राशि (रा.री.रु.रे.रो.त.ति.तु.ते.) 

वर्षका ग्रह गोचर आगामी फाल्गुन ४ गते सम्म राम्रो छ । सानातिना उल्झन आए पनि वर्षारम्भमा तृतीयस स्वगृही गुरु तथा चतुर्थेश पञ्चमेश शनि तृतीय भावमा बलशाली भएकोले आँट र साहस प्रशस्त मात्रामा बढ्नेछ ।नयाँनयाँ सोचका साथै नयाँनयाँ काममा प्रवेश गरी सफलतामा पुग्न सकिनेछ । मित्र तथा परिवारजनको उचित सहयोग मिल्नेछ । भुलेका मित्रले पुनः याद गर्नेछन् । घर तथा सवारी जोड्ने प्रयासमा हुनुहुन्छ भने सजिलै सफलता पाउनुहोला ।

शैक्षिक यात्रामा छात्रवृत्ति प्राप्त गर्ने, ज्ञान विज्ञानमा विषेश लाभ हाँसिल गर्ने र प्रविधीक तथा कानूनी शिक्षामा ऐतिहासिक सफलता मिल्ने योग रहेको छ । सामान्य मित्रको सम्बन्ध प्रेममा परिणत हुनेछ भने घनिष्ट प्रेम वैवाहिक मार्गमा अघि बढ्न सक्नेछ ।

[bs-quote quote=”ज्येष्ठ, आश्विन, माघ, मार्ग खराव महिना, श्रावण, भाद्र, पौष, चैत्र राम्रो र आषाढ, कार्तिक, फल्गुन र बैशाख मध्यम महिना रहनेछन् ।” style=”style-21″ align=”left”][/bs-quote]

सन्तान प्राप्तीको पनि बलियो सम्भावना छ । बोलिको प्रभाव राम्रो रहेकोले कूटनैतिक कार्यमा कीर्तिमानी कार्य गर्न सफल भई अरुको शीर निहुराउन सफल हुनुहोला । ठूला व्यक्ति सँग निकट भई काम गर्ने अवसर मिल्नेछ ।

राज्यका उच्च अङ्गले तपाईंको परामर्स लिनेछन् ज्येष्ठ, आश्विन, मार्ग र माघ महिना बाहेकका महिनामा धन आर्जन प्रशस्त मात्रामा हुनेछ ।

धार्मिक, सामाजिक वा वैज्ञानिक कार्यको अनुसन्धानको सिलसिलामा यात्रा गर्ने अवसर मिल्नेछ । व्यापारमा सफलता पाउन अलि प्रतिस्पर्धा गर्नु पर्नेछ । भाग्यले साथ नदिए पनि कर्म बलियो भएकोले बर्षारम्भदेखि फाल्गुन ४ सम्म समय अनुकूल रहनेछ । फाल्गुन ५ देखि अढैया शनि तथा तृतीय केतु र नवौं राहुको प्रतिकूलताले पेट, छाती समस्या हुने तथा नोकरीमा र राजनीतिमा संकट आउनाले मनमा चिन्ता बढ्नेछ ।

यतिबेला शत्रु सक्रिय हुने हुनाले सजग रहनु उचित हुनेछ । शरीरमा चोटपटक लाग्न सक्छ । निर्णय गर्न गाह्रो भई आफू दुविधाग्रस्त भएको मौकामा अरुले गलत फाइदा उठाउन सक्ने भएकोले धैर्य गर्नुपर्ला । मातापिताको स्वास्थ्यमा वाधा र सम्बन्धमा ह्रास आउन सक्ने भएकोले सचेत हुनु वेश रहनेछ ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

तुला राशिको लागि यो वर्ष अधिकांश पक्षमा एवं समय अनुकूल देखिएको छ । थातिरहेका कामहरू पूरा गर्न सकिने छ भने नयाँ र दीर्घकालिन कार्यको थालनी हुनसक्ने छ । गुमेको मान प्रतिष्ठा तथा पुरानो साख एवं विग्रिएको सम्बन्ध र उद्यमहरू पुनस्र्थापित र सुधार गर्न सकिनेछ । न्यायिक क्षेत्र सबल रहनेछ । तर, विशेष र महत्त्वपूर्ण मानेको तथा ठानेको काममा अन्तिममा अड्चन पर्नसक्छ, जसको ग्रह उपचार अप्नाउनु बुद्धिमानी हुनेछ ।

विवाहयोग्य युवायुवतीलाई वैवाहिक बन्धनमा बाँधिने सौभाग्य मिल्नेछ । विवाहितहरूको दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । कुटुम्बिक सम्बन्ध बढ्ने छ । रोजगारको अभिलाषीहरूलाई नोकरी मिल्ने समय छ । कर्मचारीहरूको पदोन्नति हुनेछ । विद्वान गुरुजनको आर्शिवाद तथा शिष्यत्त्व प्राप्त गर्नसकिने छ । बोलीवचन, प्रवचन, गायन, उद्घोष्ण, वाचन, शिक्षणजन्य वाकवृति हुनेहरूको लागि विशेष कीर्तिप्रद वर्ष रहेको छ, सदुपयोग गर्नुहोला । खेलकुद आदि प्रतिस्पर्धामा आंशिक विजय तथा सफलता मिल्नेछ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि हात खुट्टा एवं फोक्सो, घाँटी–छातिमा चोट वा रोग र दाजुभाईमा कष्ट वा वादविवादको सम्भावना छ । थायराइड, प्रोष्ट्रड, लिभज–प्याङ्क्रियाज, मिर्गौला, गर्भाशय आदि ग्रन्थी सम्बन्धित रोगको सम्भावनालाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । वर्षको अन्त्यतिर प्रतिकूलताको लक्षण प्रतित हुनसक्ने छ ख्याल पुर्याउनु होला ।

भैरवदेव एवं छिन्नमस्ता देवीको उपाशना तथा दर्शनभक्ति र इष्टदेवको साधना बढाउनु शुभकर हुनेछ । असहाय गरीब दीनदुःखलाई सेवासहयोग गर्नाले सम्भावित अनिष्टलाई कम गर्न मद्दत मिल्नेछ ।

वृश्चिक राशि (तो.ना.नि.नु.ने.नो.य.यी.यु.) 

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

वर्षको ग्रह गोचर मध्यम रहनेछ । वर्षारम्भबाट आषाढ ९ सम्म र कार्तिक १३ देखि द्वितीय गुरुको दशम दृष्टि समेतको अनुकूताले बोलिको प्रभाव राम्रे रहने हुँदा नोकरीमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । अरुको विस्वास जितेर राजनीतिमा महत्वपूर्ण सफलता हासिल गरी धन मनग्य कमाउन सकिने छ ।

वैदेशिक व्यापार र कूटनैतिक क्षेत्रमा कुशलता प्रदर्शन गरी उचित लाभ उठाउन सकिनेछ । पढाइमा र वौद्धिक कार्यमा राम्रै सफलता मिल्नेछ । लेखन मार्गमा रुचि बढ्ने र सफल पनि हुने देखिन्छ । अषाढ ९ देखि कार्तिक १२ गते द्वितीय शनि, केन्द्रादि दोष युक्त गुरु, अष्टम राहु, द्वितीय केतु रहेका छन् जस्ले कार्यमा निरासका बादलहरू चौतर्फी फैलाउने छन् ।

सोचने शक्ति अत्यन्त कमजोर हुनेछ । जसको फलस्वरुप मुटु र मस्तिष्कमा पीडा, मानसिक तनाव र अनावयश्क विवादले सञ्चित धनको नास भई अरुबाट तीव्र आलोचना हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् ।

[bs-quote quote=”बैशाख, भाद्र, आश्विन, माघ शुभ र आषाढ, कार्तिक, पौष, फाल्गुन अशुभ तथा ज्येष्ठ, श्रावण, मार्ग र चैत्र महिना मध्यम रहनेछन् ।” style=”style-21″ align=”left”][/bs-quote]

अरुको काम धेरै गर्नु परे तापनि जश पाउने सम्भावना अत्यन्त कम रहनेछ । गलत विचार प्रशस्त मात्रामा बढ्नेछ । समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन् । नोकरीमा एकपछि अर्काे समस्याले ग्रसित हुनुपर्नेछ । विनाकारण दोषी भई स्थानान्तरण हुनेछ । राजनीतिमा पाएको स्थान र मान गुम्ने प्रवल सम्भावना छ ।

घरेलु समस्याले सताउनेछ । पारिवारिक समस्याले घरै छाड्ने स्थितिसम्म सिर्जना हुन सक्नेछ । सवारी साधनले पनि धोका दिनेछ । मित्रहरूले सहयोगको सट्टा अक्रमण गर्नेछन । फाल्गुन ५ पछि शनि साढेसाती सकिने हुँदा समय अनुकूल भई शत्रु पराजय हुने र व्यापार तथा पढाइमा सुधार आउनाको साथै उपलब्धिमूलक यात्रा गर्नु हुने र प्रेमको यात्रालाई वैवाहिक मार्गमा परिवर्तन गर्ने योग रहनेछ । पति–पत्नीबीच सौहार्दता बढ्ने छ । भाग्यले साथ दिनेछ । धर्ममा मन जाने छ । सामाजिक कार्यमा धेरै प्रशंसा हुनेछ । आषाढ ९ देखि कार्तिक १२ सम्म महत्वपूर्ण काम सकेसम्म अघि नबढाउनु वेश हुनेछ ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

वृश्चिक राशिको लागि यो वर्ष मध्यसम्म अलमले रहेपनि उत्तरार्ध उपलब्धिमूलक रहने छ । शुरुशुरुमा आफ्नो कामलाई भन्दा बाहिरी काममा बढी समय दिनुपर्ने छ । फजुलको यात्रा पनि अल्लि बढी नै हुने सम्भावना देखिन्छ । विद्वतता एवं आत्मप्रसंशाको मनोविज्ञानले डेरा जमाउनाले कतैकतै व्यवहारिकता निभाउन पर्ने ठाऊँमा चुकिनसक्ने छ ख्याल पुर्याउनु होला । अवसरको सदुपयोग गर्न सकेको खण्डमा भाद्र उपरान्त केही महत्त्वपूर्ण काममा सफलता प्राप्त गर्न सकिने छ । हिम्मत पनि नगिराउने र नविराउने सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्नुपर्ला ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई भने वादविवाद, मुद्धामामिला, कामकार्यमा अबरोध, मानप्रतिष्ठामा आँच, सञ्चित धनको खर्च, स्वास्थ्यमा समस्या, अपखबर र परिबन्दनीय परिस्थिति जस्ता प्रतिकूलता थोरधेर पर्ने नै छ । ससाना कार्यले अल्मल्याउँदा विशेष काममा समय दिन नसकिने, अधिक परिश्रमले थोरै उपलब्धिमा चित्त बुझाउन पर्ने, खानपान विपरित हुनसक्ने छ । विश्वासघाती चक्रब्यूह, कुलतीकुसंगतको भय पनि देखिन्छ । पछि पश्चाताप हुने काममा मनजाने जस्तो पनि नपर्ला भन्न सकिन्न । मानसिक उद्दिग्नता र निराशालाई हटाउन यथेष्ट धैर्यताको क्षमता बढाउनु नै बुद्धिमानी हुनेछ ।

शिर, नाककान घाँटी एवं छाती र दन्तरोग, अर्श (पाइल्स), ग्रन्थी (गाँठागुँठी) बढ्ने, वातव्याधि जस्ता स्वास्थ्य समस्याको सम्भावना देखिएको छ । उच्चरक्तचाप, मधुमेह, यक्ष्मा आदि दीर्घरोगी लगायत सम्बन्धितहरूले आहार विहार एवं नियमित औषधोपचारमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ ।

ग्रहानिष्ट एवम् तनावलाई समन गर्न तपाईले हनुमान तथा शनि महाकाल, भैरवदेव साथै माँ वगलामुखी र विद्यार्थीले विद्याकी देवी सरस्वतीको भक्ति–स्तुति तथा श्रद्धा आराधना गर्नु हितकर हुनेछ ।

धनु राशि (ये.यो.भ.भि.भु.ध.फ.ढ.भे.)

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

बर्षका ग्रह गोचर प्रतिकूल रहनेछ । मध्य साढेसाती सप्तम राहु तथा राशिको केतु र वार्षारम्भमा राशिमा रहेका वक्र गुरु र शनिको प्रतिकूल प्रभाव रहने हुँदा ग्रहको प्रभावले नकारात्मक अवस्था रहनेछ ।  धनस्थान र पराक्रम स्थानको मालिक शनि राशिमा बसेकोले विवादहरू बढ्नेछन् । सकेसम्म गोपनीयता अपनाउनु राम्रो रहनेछ । आम्दानीका अवसरहरू मिल्ने छैनन् ।

कामको फुर्सद नहुँदा पनि अधुरा काम बाँकी रहने र नयाँ काममा अवसर नपाउने हुँदा चिन्तित हुनु पर्नेछ । सहयोगीहरूको सहयोग पनि मिल्ने छैन । मित्रहरूले पूर्णरुपमा असहयोग गर्नेछन् । परिवारिक असहयोगले धन हातपार्न सकिनेछैन ।

[bs-quote quote=”ज्येष्ठ, आश्विन, कार्तिक, फाल्गुन शुभ, श्रावण, मार्ग, माघ, चैत्र अशुभ र बैशाख, आषाढ, भाद्र, पौष मध्य महिना हुनेछन् ।” style=”style-21″ align=”left”][/bs-quote]

घर तथा सवारी साधन जोड्ने क्रममा हुनुहुन्छ भने सजिलै प्राप्त हुने छैन । पढाइमा सफलता नमिल्ने र बौद्धिक कार्यमा कमजोर हुने भएकोले त्यसमा सफलता हाँसिल गर्न सकिनेछैन । पढ्नका लागि विदेश जाने तयारिमा भए त्यसमा सफता पाउने सम्भावना छैन । शत्रु बलिया हुने हुँदा आफ्नो जीत सुनिश्चित हुने छैन ।

व्यापारमा सफलता पाउन निकै कसरत गर्नु पर्नेछ । प्रेममा अवरोध आउने र वैवाहिक कार्यमा विलम्व हुने योग छ । सबैतिरबाट निरासाहरूमात्र छाउनेछन् । मन अत्यन्त विचलित हुनेछ । मनमस्तिष्क र शरीर सबै कमजोर बन्नेछन् । मानसिक तनावलाई नियन्त्रणमा लिन गाह्रो पर्नेछ । गलतलाई सही र सहीलाई गलत ठानेर निर्णय हुने हुँदा सर्वत्र आलोचना हुनेछ ।

झुटा आरोपको सामना प्रशस्त मात्रामा गर्नु पर्नेछ । आफन्तहरूनै कुराकाट्न तम्सिनेछन् । परिवारले समेत साथ नदिने हुँदा दिक्क भएर घर छाड्ने मनस्थिति बन्नेछ । बौध्दिक कार्यहरू ओझेलमा पर्नेछन् । पढाइमा ह्रास आउनेछ । व्यापारमा सङ्कट आउनुको साथै यात्रामा र वैदेशिक कार्यमा प्रशस्त सङ्कट सामना गर्नु पर्नेछ । भरोसा गरेकैहरूले अरुसँग मिलेर फसाउने सम्भावना छ ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

धनु राशिको लागि यो वर्ष अनुकूलताको तुलनामा प्रतिकूलता तथा संघर्षजन्य परिस्थितिसँग बढी जुध्नुपर्ने छ । धेरै पक्षमा सावधानी अप्नाउनु पर्ने खालको ग्रहगोचर देखिएको छ । मिथ्यापवाद, दुर्घटना, दैविक विपत्ति तथा धनजनको क्षति, दाम्पत्य कष्ट देखिएको छ भने परिबन्द, चोरी, राज्यबाट भय–कष्ट, गलत संगत, स्वजनबाट विश्वासघात, फसिने–ठगिने, नहुनेकार्यमा मन जाने, पश्चाताप पर्नेजस्ता फलको सामना गराउन ग्रहगोचरले बल गरिरहेको छ ।

अप्रत्यासित परिणाम दिने गोचर भएकोले एकातर्फको ईच्छा चाहना तर अर्कोतर्फको उपलब्धि हुनसक्नेछ । विनामेहनतको आम्दानितर्फ चेष्टा बढ्नसक्ने सम्भावना समेत देखिएको छ, सोबाट बचेको बुद्धिमानी हुनेछ अन्यथा पछि पश्चाताप पर्नसक्ने छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूको लागि भने अपेक्षित कार्यमा अबरोध भएपनि अनपेक्षित रूपमा आकस्मिक लाभ एवं उपलब्धि हुनेछ । संघर्षको बाबजुत पदप्रतिष्ठा मिल्ने, राज्यलाभ एवं सफलता र विजय भइनेछ ।

मुग्लान पस्नु अथवा विदेशीनु कार्यलाई गोचरले बल दिइरहेकोले घर छाड्ने, टाढा जाने, तीर्थाटन एवं विदेश यात्रा, निस्काम समाजसेवा, हठयोग, ईश्वरप्रणिधान, पारमार्थिक साधना एवं वैराग अनुसरण, अध्यात्म चिन्तन मार्गमा समयको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ ।

वातव्याधि, स्नायू तथा नशा रोग, ढाडकम्मर, शिर मस्तिष्क, उदरब्रण (अल्सर), उरःक्षत (क्षय), चोटपटक एवं प्रोष्टेड, वृक्कदोष अर्थात मिर्गौला सम्बन्धित रोग, यकृत शोथ तथा शोष अर्थात लिभर सम्बन्धी रोग, गर्भाशय, थायरायड, स्तन विकार आदि ग्रन्थीजनित रोगको खतरा छ । हृदयरोग, उच्चरक्तचाप, मधुमेह, दम जस्ता दीर्घरोगिहरू लगायत सम्बन्धित सबैले विशेषरूपमा ख्याल पुर्याई नै रहनुपर्ला ।

साढेसाती शनिलगायत ग्रहको दुष्प्रभावलाई कम गर्न शनिस्तोत्र पाठ, शनिमहाकाल, हनुमान, भैरव तथा छिन्नमस्ता देवी, माँ बगलामुखी, विद्यार्थीहरूले माँ सरस्वती आदिको दर्शन भक्ति एवं उपाशनाादि व्रत गर्नु विशेष हितकर हुनेछ ।

मकर राशि (भो.ज.जी.जु.जे.जो.ख.खि.खु.खे.खो.ग.गी.)

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

यो वर्ष आषाढ ८ सम्म बाह्रौ वक्री गुरु शनि रहने हुँदा अनावश्यक विवाद र अनावश्यक खर्चलाई धान्नै मुस्किल पर्नेछ । व्यवासायिक मार्ग अत्यन्तै प्रतिकूल रहनेछ । वैदेशिक कार्यमा अनियन्त्रित ह्रास आउनेछ प्रेमको सम्वन्ध विनाकारण विग्रन गई मनमा पीडा खपि नसक्नु हुनेछ । पति–पत्नीबीचको सम्वन्ध कमजोर हुनुको साथै परिवारिक आलोचना पनि सामना गर्न मुस्किल पर्नेछ । सानो भूलको परिणाम ठूलो बनेर निस्कनेछ । पुराना समस्यालाई कोट्याएर अप्ठ्यारोमा पार्ने काम शत्रुले गर्नेछन् ।

आर्थिक कठिनाइले प्रतिष्ठामा समेत धक्का पुग्न सक्छ । नोकरीमा विनाकारण दोषी भइ पदमुक्त हुने सम्भावना रहनेछ । राजनीतिमा पुराना कुरालाई उल्टाएर फसाउने काममा शत्रु निकै सक्रिय हुनेछन् । अलिकति मात्र पनि वेहोस गरिएमा झुटा आरोप लगाएर मुद्दा मामलामा फसाउने सम्भावना रहनेछ । विश्वास गरेकाले समेत आवश्यक परेको समयमा धोका दिने भएकोले आफूलाई सम्हाल्न मुस्किल पर्नेछ । कार्तिक १३ पछि पनि ग्रह यस्तै प्रतिकूल रहनेछन् ।

[bs-quote quote=”वैशाख,भाद्र पौष र फाल्गुन महिना अशुभ र आषाढ, कार्तिक, मार्ग र चैत्र शुभ अरु मध्यम रहनेछन् ।” style=”style-21″ align=”left”][/bs-quote]

साढेसाती को प्रभाव वर्ष भरिनै रहनेछ । हड्डी र नसा कमजोर भई शरीर सिथिल हुने र मन समेत विचलित हुने हुँदा सक्दो आराम गर्ने प्रयास गर्नुहोला । आषाढ ९ बाट कार्तिक १२ सम्म गुरुले लाभ भावमा गोचर गर्ने हुँदा व्यापार तथा वैदेशिक कार्यमा अपेक्षित सुधार आउने र अवस्था सकारात्मक हुनेछ । आर्थिक उन्नतिमा अप्रत्यासित प्रगति हुन गई मनस्थितिलाई प्रशस्त उर्जा प्रदान गर्नेछ । रोकिएका कामहरू क्रमशः बन्न थाल्नेछन ।

नयाँ कामका प्रस्तावहरूपनि आउनेछन् । कमजोर शरीरमा उत्साह पैदा हुनेछ । मित्रहरूले यथार्थ बुझेर आत्मालोचना र क्षायाचनाका गर्दै साथ सहयोगको तत्परता पनि देखाउनेछन् । पढाइमा सुधार आउनुको साथै बौद्धिक कार्यमा तीव्रताका साथ अघि बढ्ने अवसर मिल्नेछ । सन्तानहरूबाट उचित सहयोग मिल्नेछ । पति–पत्नीबीच बिग्रिएको सम्बन्ध राम्रो बन्नेछ । प्रेमको मार्गमा आएको अवरोध हटेर जानेछ ।

नोकरीमा आएको समस्यालाई सजिलै हटाउन सकिनेछ । राजनीतिमा आउने समस्यालाई कूटनैति सहयोगमा आफ्नो प्रयासले सुल्झाउन सकिनेछ । महत्वपूर्ण काम आषाढ ९ पछि र कार्तिक १२ भित्र मात्र गर्नु उपयुक्त रहनेछ । कार्तिक १३ पछिको समय निकै प्रतिकूल रहनेछ ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

मकर राशिको लागि यो वर्षको मध्यसम्म केही पक्षमा अनुकूल देखिएको छ । र पनि विशेष सावधानी अप्नाउनु पर्ने अवस्थालाई पनि गोचरस्थितिले लक्षित गरिरहेको छ । व्यापार व्यवसाय, उद्यम, उत्पादन, कृषि आदिबाट लाभ गर्न सकिने छ । शिक्षा, रोजगार, देशविदेशको यात्रा आदिमा पनि सफलता प्राप्त गर्न सकिने छ । घरपरिवारमा विवाह व्रतबन्धादि माङ्गलिक कार्यको सु–अवरस मिल्नेछ । दाम्पत्य एवं प्रेम सम्बन्धमा सुधार आउने छ ।

एकातर्फ आसक्ति र अर्कोतर्फको उपलब्धि हुनसक्नेछ । विनामेहनतको आम्दानितर्फ चेष्टा बढ्नसक्ने सम्भावना समेत देखिएकोले सोबाट बचेको बुद्धिमानी हुनेछ अन्यथा पछि पश्चाताप पर्नसक्ने छ । जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि उथलपुथलजन्य स्थितिलाई गोचरले संकेत गरेको छ । मिथ्या अपवाद, चारित्रिक एवम् नैतिक आँच, अनपेक्षित मुद्धामामिला–वादविवाद, अन्यौलता, कपटप्रेमको फन्दा, धन–जन तथा भौतिक सम्पत्तिको क्षतिखति, चोरीहुने हराउने, दैविक विपत्ति, कूल–परिवारमा रोग, घाऊखटिरा–चोटपटक, वायु विकार–उदररोग, स्नायू आदि साध्यासाध्य स्वास्थ्य समस्याको सम्भावनालाई खगोलीय ग्रहस्थितिले संकेत गरेका छन् । भाद्र पछिका दिनमा अझै सावधानी अप्नाउनु पर्ने देखिन्छ ।

तर जन्म समयमा शनि आदि ग्रह अनुकूल अर्थात कारक रहनेको लागि भने प्रतिकूल फल कम घटित भइ आकस्मिक लाभ एवं राजमान तथा अधिकार पनि प्राप्ति हुनसक्ने छ । हनुमानवीर, शनिमहाकाल र भैरवदेवको स्तुति आराधना उपाशना गर्नु शान्तिप्रद हुनेछ । दीनदुःखी, गरीब, अनाथ, असाय एवं श्रमिक वर्गलाई सहयोग हुने काम गर्नु जसबाट ग्रहजनित दुष्प्रभाव कम हुनेछ ।

कुम्भ राशि (गु.गे.गो.स.सी.सु.से.सो.द.)

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

वर्षारम्भमा शनि गुरु राहु केतुका साथै अधिकांश ग्रह अनुकूल भएकोले ज्ञान विज्ञान तथा प्राविधिक शिक्षा र त्यस्तै काममा चौतर्फी सफलता पाउने योग छ । तपाईको निश्चल कार्य र इमान्दारितामा राज्यले नतमस्तक हुनु पर्नेछ । निर्माण कार्यमा लाग्नेहरूले आफ्नो दक्षता प्रदर्शन गरी कूशलता प्रस्तुत गर्ने अवसर पाउनेछन । बोलीको प्रभाव राम्रो रहनाले आकस्मिक धनलाभ हुनुको साथै नसोचेको काम हात पार्न बोलीकै प्रभाव प्रयाप्त हुनेछ ।

ठूला व्यक्तिसँग हुने अन्तर संवादमा उनिहरुको मन जित्न सफल भई आफ्नो मनोबल बढ्नुको साथै उनीहरुकैे सदासयताबाट पद प्रतिष्ठा प्राप्तीकोे सम्भावना रहनेछ । नोकरीमा शुभ अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन ।पदोन्नतिको सम्भावना पनि प्रवल छ । राजनीतिमा गुमेको स्थान फर्काउन सफल भइनेछ । कुटनैतिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । शत्रु पराजय हुनुको साथै मित्र तथा पारिवारिक सहयोग प्रशस्त मात्रामा मिल्नेछ । नयाँ मित्रको आगमनले सफलतालाई अझै उचाइमा लैजानेछ । घर जग्गा तथा सवारी साधन जोड्ने प्रयासमा हुनु हुन्छभने ठूलै प्रयासले मात्र सफलता मिल्नेछ ।

[bs-quote quote=”बैशाख, श्रावण, मार्ग र पौष शुभ महिना हुन भने ज्येष्ठ, आश्विन, माघ र चैत्र खराब र आषाढ, भाद्र, कार्तिक र फाल्गुन मध्यम महिना हुन् ।” style=”style-8″ align=”left”][/bs-quote]

व्यापारमा लाभ मिल्नुको साथै रमाइलो यात्रा हुने र यात्रामा हुने भेटघाटले वैदेशिक कार्यमा लाभ हुने योग छ । प्रेमको प्रस्ताव अरुबाटै आउनेछ । अविवाहित र सन्तान नहुनेहरूको लागि यो वर्ष निकै फलदायी रहनेछ ।भाग्य बलियो हुनुको साथै धार्मिक कार्यहरूमा मन जाने र सामाजिक कार्यमा सम्मान पाउने बलियो सम्भावना छ । तीर्थयात्रा पनि हुनेछ । कुरा काटनेहरू सबै प्रशंसक हुनेछन् ।

पुराना समस्या सुल्झाउनका लागि यो उचित समय हो । आश्विन १९ पछि गुरुको केन्द्र प्रवेशले परिस्थिति अलि प्रतिकूल बन्नेछ । महत्वपूर्ण कामलाई भाद्र महिनासम्म सक्नु उपयुक्त हुनेछ । आषाढ ९ पछि कार्तिक १२ सम्म बृहस्पति केन्द्रमा स्थान हानी गरेर रहने हुँदा नोकरीमा केही अप्ठ्यारहरू आउनेछन् । गोपनीयतामा जोड दिनुहोला । राजनीतिमा शत्रुको कुदृष्टि पर्ने हुँदा अरुको विश्वासमा भन्दा आफ्नो विवेकमा काम गर्दा समस्या कम होला । यो समय अत्यन्त संयमित रहनु पर्नेछ ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

कुम्भ राशि हुनेहरूको लागि यो वर्ष मध्यम छ । कर्मक्षेत्रमा अप्रत्यक्ष रोकावट एवं आर्थिक मन्दिको सामना गर्नुपर्ने छ । तथापि दैनिक पेशा तथा व्यवसाय एवं ठिक्कको कार्यमा सफलता प्राप्त हुनेछ । न्यायिक विजय मिल्ने र कुलभित्र प्रतिष्ठा बढ्ने जस्ता कामहरू गर्नसकिने छ । व्यक्तिगतभन्दा सामाजिक एवं अर्काको कार्यमा समय दिनपर्ने छ । केही हद्सम्म सामाजिक प्रतिष्ठा आर्जन गर्नपनि सकिने छ ।

अल्लि विशेष महत्त्व दिएका कामकार्यहरूमा भने अबरोध सृजना हुनसक्ने देखिन्छ । कतिपय कामहरू अन्तिममा पुगेर अल्झिनसक्ने छन् । व्यापार–व्यवसायी तथा फार्मिङ्ग कृषक तथा उद्यमीलाई साख बचाउन धौधौ पर्नसक्ने छ । जसको ज्योतिषीय उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई अध्ययनमा अबरोध देखिन्छ । तसर्थ ग्रहउपचारको साथमा विद्यार्थीहरूले अध्ययनमा विशेष जोड् गर्नु पर्ला । गृहस्थीहरूलाई सन्ततिकष्ट, सन्तानसँग अमेल आदिको सम्भावना प्रतित् भइरहेको छ । गर्भवती दम्पतिले विशेष ख्याल पुर्याउनु पर्ने देखिन्छ । पछि पर्दाफास हुने अवैधकार्य एवं कुधनको कुचेष्टा तर्फसमेत मन आकर्षित हुनसक्ने कुरालाई नकार्न सकिन्न । चोटपटक, घाऊखटिरा, पिलो, ग्रन्थी सुजन, पेटसँग सम्बन्धित रोग आदिले सताउन सक्नेछ ।

वर्षको मध्य उपरान्त ग्रहको स्थितिमा केही सुधार आउने र परेका समस्यामा कमि आउने तथा रोकिएर रहेका कामकार्यमा सफलता प्राप्त गर्न सकिने छ । विद्यार्थीलाई अध्ययनमा सफलता मिल्नेछ भने अन्यलाई पेशामा उन्नति भई लाभ मिल्नेछ ।

स्वास्थ्य लगायत सम्भावित अनिष्ट एवं ग्रहजनित दुष्प्रभाव तथा रोकावटलाई निवाराण गर्नको लागि भैरवदेव र माँ बगलामुखीको साथै विद्यार्थीले माँ सरस्वतीको स्तुतिध्यान एवम् श्रद्धाभक्ति व्रत आदि गर्नु हितकर हुने छ ।

मीन राशि (दी.दु.थ.झ.ञ.दे.दो.च.ची.) 

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

वर्षारम्भमा दशम गुरु तथा शनि वक्रभै प्रतिकूल रहनेछ । राशि स्वामी र दशमेष गुरु स्थान हानी गर्दै दशमस्थानमा बसेकोे र चतुर्थ स्थानमा शनिको र गुरुको वक्र दृष्टि हुने र राहु समेत वक्र भई चतुर्थ रहने हुँदा स्वास्थमा समस्या धेरै आउन सक्छ । नोकरीमा सङ्कट आउनुको साथै राजनीतिमा समस्या आउनेछ । झुटा आरोप लगाउने हरू सक्रिय हुनेछन् । विश्वास गरेका हरूबाट धोका हुनेछ । विनाकारण हुने विवादले मानसिक तनाव बढ्नेछ । आर्थिक सङ्कटले सताउनेछ ।

कामको बीचमा अवरोध खडा गर्नेहरू सक्रिय हुनेछन् । मित्रहरूको गुनासो बढ्नुको साथै पारिवारिक समस्याले सताउने देखिन्छ । आमाको स्वास्थ्यमा समस्या आउन सक्ने हुनाले त्यतातिर समयमै ध्यान पुर्‍याउनु उचित होला । पढाइमा ह्रास आउनुको साथै बौद्धिक कार्यमा समस्या आउने योग छ ।

[bs-quote quote=”ज्येष्ठ, भाद्र, पौष र माघ शुभ महिना हुन भने वैशाख, आषाढ, कार्तिक र फाल्गुन अशुभ छन् । श्रावण, आश्विन, मार्ग र चैत्र मध्यम रहनेछन् ।” style=”style-21″ align=”left”][/bs-quote]

पितासँगको सम्वन्धमा ह्रास आउनेछ । सर्वत्र सङ्कट आउनेछ । गलत विचार बढ्नेछ । समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन् । आषाढ ९ पछि कार्तिक १२ सम्म गुरुको शनिको अनुकुलताले समय बलियो हुनेछ । उच्च मनोवल बढ्नुको साथै सकृय भएमा रोकिएका कामहरू बन्नेछन् ।

दशमेष गुरु भाग्य भावमा र एकादशेस शनि कर्म भावमा बलियो भएकोले अघि बढ्न सजिलो हुनेछ । धार्मिक कार्यमा अघि बढेर सम्मान पाउनु होला । सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ । नोकरीमा आउने समस्या हटेर जानेछ । राजनीतिमा आएका समस्याहरू पूर्ण रुपले हटेर जानेछन । राज्यले आफ्नो गल्ती महसुस गरी तपाईको लगनशीलता र इमान्दारिताको उच्च मुल्याङ्कन गर्नेछ । पदक प्राप्ति पनि हुनेछ ।

आम्दानीमा आएका बाधाहरू पूर्ण रुपले हटेर जानेछन र आम्दानीका स्रोत हरू चौतर्फी जुटनेछन । व्यापारमा र वैदेशिक कार्यमा सोचे जस्तै सफलता मिल्नेछ । पढाइमा सुधार आउनुको साथै बौद्धिक कार्य पनि निर्विवाद अघि बढ्नेछ । परिवार तथा मित्रहरूले पनि कुरा बुझेर सहयोगको हात अघि सार्नेछन् । शत्रुलाई परास्त गर्दै आफ्नो लक्ष्यमा पुग्न सहज वातावरण बन्नेछ । महत्वपूर्ण कामहरू आषाढ ९ देखि कार्तिक १२ भित्र गर्नु यव उपयुक्त रहला ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

यो वर्ष मीन राशिको लागि संघर्षकर देखिएको छ । उपलब्धि हातपार्न कठिन पर्ने देखिन्छ । बढी महत्त्व दिएको काममा हलो अड्कन सक्नेछ । आशा–अपेक्षा एवं आश्वासन प्रसस्त हुने तर पूरा हुन नदिने ग्रहगोचर रहेकोले कम भरोसा गरेको राम्रो होला । श्रमिक वर्गसँगको सहकार्य, झट्ट हेर्दा सफासुग्घर नदेखिने र खासै ईज्जतिलो नमानिएको तर लोक सेवा हुने एवम् सदाचारी कार्यमा भने संघर्षको वाबजुत पनि केही सफलता मिल्ने छ । भलै कठिनाइको बढी अनुभूति किन नहोस स्वकर्मलाई प्रसय दिने कर्मयोगीको लागि भने अपगाल तथा अपयशको बाबजुत अप्रत्यासित उपलब्धि र सफलता मिल्ने छ । लामो छोटो यात्राको पनि सम्भावना देखिएको छ ।

जन्मकालीन ग्रह अनुकूल हुनेलाई आकस्मिक रूपमा नसोंचेको सफलता एवं लाभ मिल्नसक्ने छ । तर राज्य एवं सामाजिक र व्यवसायिक काममा अनपेक्षित लाभ भयो भन्दैमा मख्ख भने नपर्नु होला । अप्रत्यासित रूपमा विभिन्न खालका प्रस्तावहरू आउने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुन सक्नेछ । अल्लि सावधानी पनि अप्नाउनु होला कुनियतको चक्रब्यूहमा पनि फसिनसक्ने सम्भावना छ ।

जन्मकालीन ग्रह प्रतिकूल पर्नेहरूलाई दैनिक कामकार्य तथा व्यवहार चलाउन पनि धौधौ पर्नसक्ने छ । पापकर्म एवम् कुधन आर्जनको चेष्टा नआउला भन्न सकिन्न । विशेष होसविचार तथा संयम नपनाए ईज्जत प्रतिष्ठामै धक्का लाग्नसक्ने छ ख्याल पुर्याउनु पर्ला । खाईपाई आएको सेवासुविधा तथा पदप्रतिष्ठा अर्थात भोगाधिकारबाट हात झिक्न पर्नसक्ने छ । घरपरिवार, दाम्पत्यसम्बन्ध, यात्रा, मित्रसम्बन्ध आदिमा असमझदारी बढ्ने, कष्ट पर्ने, टाढिनुपर्ने आदिलाई नकार्न सकिन्न । मान्यजन कष्ट, परिवारमा रोगव्याधि, शत्रुवृद्धि, पशुचौपाया तथा वाहनादिबाट खतिक्षति जस्ता विपरित फलको पनि लक्षण देखिन्छ ।

वर्षको अन्त्यतिर भने केही सहज महसूस हुनजाला । अड्किएर रहेका केही कामहरु बन्ने र राहतको अनुभूति गर्न पाइनेछ । यो वर्ष तपाईले वर्षभरी भैरव र हनुमानदेवको र वर्षको मध्यबाट माँ बगलामुखीको दर्शनभक्ति आराधना उपाशना गर्नु हितप्रद हुनेछ ।

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ