सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-२ मा आज बिहान विमान दुर्घटना हुँदा २ जना प्रहरीसहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । आइतबार बिहान ९:२२ बजेको समयमा तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट ‘९-एन एएमएच’ कल साइनको समिट एयरको विमान रामेछापको लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएकाे ‘९-एन एएलसी’ कल साइनको मनाङ एयरको हेलिकोप्टरसँग ठक्कर खाई दुर्घटना भएको थियो।
विमान दुर्घटनामा पर्यटक प्रहरीका रुपमा लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र समिट एयरका सहायक पाइलट काठमाडाैं चावहिल बस्ने वर्ष ३४ का सुजित ढुंगानाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
दुर्घटनामा इलाका प्रहरी कार्यालय लुक्ला दरबन्दी भई विमानस्थल सुरक्षा गार्ड लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ, समिट एयरका पाइलट काठमाडाैं कालिमाटी बस्ने वर्ष ४९ का रवीनाथ रोकाय, मनाङ एयरको हेलीकोप्टरका क्याप्टेन कास्की रुपाटार-९ घर भई हाल ललितपुर भैंसेपाटी बस्ने वर्ष ४८ का चेतबहादुर गुरुङ गम्भीर घाइते भई उपचारको लागि ग्राण्डी अस्पताल काठमाडाैं पठाइएको थियाे।
उपचारको क्रममा प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठको भने मृत्यु भएको तथा सोही दुर्घटनामा मनाङ एयरका स्टेसन म्यानेजर खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ बस्ने वर्ष ४३ का लाक्पा छिरिङ शेर्पा र सोही विमानका कर्मचारी वर्ष ५५ का श्याङबुचे कार्की सामान्य घाइते भई उपचारको लागि काठमाडाैं पठाइएको उक्त कार्यालयले जनाएको छ।
https://www.facebook.com/gandaknews/videos/411322276098810/
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ