केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ

केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ

arrest_dance

काठमाडौं– अवैधरुपमा केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती स्थानीय न्याली मोम्बासाबाट पक्राउ परेका छन् ।  स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतलाई पक्राउ गरेको छ । नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छापा मारी नियन्त्रणमा लिएको जनाइएको छ ।

स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा जेथामाथि अनुसन्धान भइरहेको जनाएका छन् । महिलाहरु जेथाको डान्सबारमा नर्तकीको रुपमा कार्यरत रहेका थिए । यसबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ