पोखरा । पोखरा लेकसाइडकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर श्रेष्ठसँग आज बयान हुँदैछ । कास्की जिल्ला अदालत श्रोतका अनुसार उनीसँग आज बयान विरुद्धको मुद्धामा आज थुनछेकको बहस हुन लागेको हो ।
गत चैत ८ गते १६ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा श्रेष्ठ र दुुव्र्यवहारको आरोपमा एनआइसी एशिया पस्र्याङ शाखाका म्यानेजर सुवास सुबेदीलाई कास्की प्रहरीले चैत्र ८ गते पक्राउ ग¥यो । त्यसपछि पहिलो पटक ६, दोेस्रो पटक १० दिन, तेस्रो पटक ५ दिनको लागि म्याद थप गर्दै कास्की हिरासतमा राखिएको छ । यौन दुव्र्यवहारको आरोप मात्रै खेपेका सुवास सुवेदी भने धरौटीमा रिहा भएका छन् ।
मुलुकी अपराध संहिताको २२५ (३) बमोजिम बालयौन दुव्र्यबहार अन्तरर्गत ३ बर्षसम्म कैद र ३० हजारसम्मको जरीवाना माग गरिएको सुवेदी तीन लाख रुपैँया धरौटीमा रिहा भएका हुन् । मुलुकी अपराध संहिताको २१९ (३) अन्तरर्गत १० देखि १२ बर्षसम्म कैद र मनासिव अनुसारको क्षतिको मागदावी गरिएको श्रेष्ठ बिरुद्ध जवरजस्ती करणी मुद्धा दायर भएको जिल्ला अदालत कास्कीले जनाएको छ ।
http://gandaknews.com/shrestha-subedi/
सम्बन्धित खबर
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित