पोखरा सृजनाचोकमा दुर्घटनाः बाइक चालकको टाउको सिसामा ठोक्कियो, बस चालकले मापसे गरेको पुष्टि

पोखरा सृजनाचोकमा दुर्घटनाः बाइक चालकको टाउको सिसामा ठोक्कियो, बस चालकले मापसे गरेको पुष्टि

bike acc (1)

पोखराको सिर्जनाचोकमा केहीबेर अघि दुर्घटना हुँदा मोटरसाइकल चालक घाईते भएका छन् । पोखरामा चल्ने ग १ ख८१२६ नम्बरको नगरबस र ग १४ प ८२ १६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा बाइक चालक घाईते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार दुई सवारी ठक्कर खाँदा बाइक चालक जम्प भएर गाडीको अगाडिको सिसामा टाउको ठोक्किएको थियो । उनको परिचय खुलेको छैन । तत्काल मेट्रो सिटी हस्पिटल लगिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कन्ट्रोलले बस चालकले मापसे गरेको बताएको छ । थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ । दुवै सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जानकारका अनुसार बस चालकले बराम्बरा यस्तो लापरबाही गरिरहेका छन् । यसअघि ३-४ पटकसम्म यसरी दुर्घटना गराएको बताईन्छ । उनको नाम पनि प्रहरीले दिएको छैन । अनुन्धानकै क्रममा रहेको जनाएको छ ।

 

तस्वीरः क्षितिज आचार्य

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ