प्रेमिका भेट्न गएका १९ वर्षीय किशोरको घाँटी रेटेर हत्या

प्रेमिका भेट्न गएका १९ वर्षीय किशोरको घाँटी रेटेर हत्या

Murder

महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का १९ वर्षीय सुविल बडायकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको छ । पाँच दिनदेखि बेपत्ता भएका सुविलको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सोमबार शव भेटिएको प्रहरीले जनाएको छ । कृष्णपुर नगरपालिका–७ स्थित उग्रतारा सामुदायिक वन छेउको नेउरा खोला किनारामा जमिनमा गाडेको अवस्थामा शव भेटिएको हो ।

कृष्णपुर नगरपालिका–८ रैकवार बिचवा घर भएका १९ वर्षीय बडायक २८ गते स्थानीयको विवाहमा सहभागी हुन वडा नम्बर ७ मा आएका थिए । त्यहाँ उनी आफ्नी प्रेमिकालाई भेट्न पुगेको र सोही क्रममा दुई युवकले पहिले कुटपिट गरेको र त्यसपछि बन्चरोले घाँटी रेटेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा प्रेमिकाको विषयलाई लिएर युवकको हत्या गरेको देखिन्छ । हत्या गरेको स्वीकार गर्ने अयोध्या राना भने सुविलकी प्रेमिकाका पूर्व प्रेमी रहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । अयोध्या रानाकै प्रारम्भिक बयानबाट यस्तो खुलेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ