सुचना, सञ्चार तथा प्रविधिमनन्त्री गोकुल बास्कोटाले बुद्ध एयर आफुलाई छाडेको प्रति आक्रोस व्यक्त गरेका छन् । बुद्ध एयर मार्फत भैरहवाबाट काठमाडौं जाने क्रममा जहाजले मन्त्री बास्कोटालाई नकुरी उडेपछि आक्रोशित बनेका हुन् ।
बुटवलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री बास्कोटाले भने, ‘विना सूचना बुद्ध एयरले जहाज उडायो, मलाई छाडेर गयो ।’ मन्त्री बास्कोटाले ‘जहाजले छाडेर गएपछि तपाईंहरूसँग भेट भो । मलाई त दुःख दियो । लुम्बिनी आउने पर्यटकहरूलाई कति समस्या खेप्दा होलान् पत्रकारहरूले त्यतातर्फ पनि ध्यान दिनुपर्छ । विज्ञापनको पछाडि मात्र नलागौं ।’
सञ्चारमन्त्री बाँस्कोटा छुटेको भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बुद्ध एयरले जनाएको छ । विज्ञप्ति जारी गर्दै कम्पनीले ६८ जना यात्रु छोडेर मन्त्रीलाई कुर्न नसकिएको स्पष्ट पारेको हो । विज्ञप्तिमा भनिएको छ, ’वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नम्बरको ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो ।
काठमाडौंबाट उड्नेबित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र टोली सो उडानबाट नजाने र वैशाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गरेका थिए ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद
हराएको एक हप्तापछि जंगलमा मृत भेटिए किशोरकिशोरी
पोखरा राइडर्स क्लबका अध्यक्ष क्षेत्री र डोली पक्राउ