मोबाइल चार्जमा राखेर सुत्दा चट्याङ लागेर एक जनाको मृत्यु

मोबाइल चार्जमा राखेर सुत्दा चट्याङ लागेर एक जनाको मृत्यु

chattyang

धनकुटा  : मोबाइल चार्जमा राखेर सुतिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका—५, निगालेमा गएराति करिब १२ बजे चट्याङ लागेर सोहि ठाउँका ३४ बर्षीय लालमान तामाङको मृत्यु भएको हो ।

मोबाइल चार्जमा राखेर सुतिरहेका तामाङ चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनको उपचारकै क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ