अदालतको आदेश आएपछि आजबाट टिकटक बन्द !

अदालतको आदेश आएपछि आजबाट टिकटक बन्द !

tiktok-banded

काठमाडौं – चर्चित सामाजिक संजाल टिकटक भारतमा प्रतिबन्ध गरिएको छ । भारत सरकारलाई मद्रास उच्च अदालतले टिकटक बन्द गर्ने आदेश दिएको थियो । सोहि अनरुप भारतमा आजबाट टिकटक बन्द गरिएको छ । अदालतको आदेशलाई पालना गर्दै गुगलले पनि टिकटकलाई बन्देज गरेको छ ।

भारतमा गएरातिबाट नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको छ । एप्पलको प्लेटफर्ममा भने रातिसम्म सो एप्स उपलब्ध रहेको बताइएको छ । अहिले भारतमा टिकटक डाउनलोड गर्न मिल्दैन भने पहिलै डाउनलोड भएका एप्स पनि चलेका छैनन् । मद्रास उच्च अदालतले सञ्चार माध्यमहरुलाई पनि टिकटक भिडियो प्रशारण नगर्न आदेश दिएको छ । अदालतले टिकटकका माध्यमबाट अश्लिलताले प्रसय पाएको र यसले बालबालिकामा नराम्रो असर पारेको निष्कर्ष निकाल्दै बन्द गर्ने आदेश दिएको हो ।

टिकटक एक चाइनिज एप्स हो जहाँ १५ सेकेन्ड सम्मका भिडियो बनाउन सकिन्छ । भारतमा १० करोड भन्दा बढी यसमा प्रयोगकर्ताहरु रहेका छन । टिकटक इन्डोनेसिया र बंगलादेशमा पहिलेबाटै बन्द गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds