पूर्वराजालाई स्कर्टिङ गर्ने गाडिको ठक्करबाट घाइते प्रकाशको पनि मृत्यु

पूर्वराजालाई स्कर्टिङ गर्ने गाडिको ठक्करबाट घाइते प्रकाशको पनि मृत्यु

Gyanendra-car-accident

मोरङ : पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थलसम्म स्कर्टिङ गरि फर्केको जीपको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको पनि मृत्यु भएको छ ।  गत बुधवार पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थलमा छाडेर फर्कदै गरेको बा ३ च ७९६२ नम्बरको सशस्त्र प्रहरीले प्रयोग गर्ने गाडीको ठक्करबाट घाइते भएका चौधरीको मङ्गलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उपचारार्थ चौधरीको विराट नर्सिङ होममा मृत्यु भएको हो । यसअघि घटना भएको राती उपचारका क्रममा विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा मोटरसाइकल चालक इटहरीका २२ वर्षिय हेम चौधरीको मृत्यु भएको थियो ।

सशस्त्रको जीपले मोरङको सुन्दरहरैँचा नगरपालिका– ४ मा गत बुधबार को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बुधवार सुन्दरहरैँचामा आल्मुनियमको काम गरेर मोरटरसाइकलमा घर फर्कदै गर्दा पूर्व राजा ज्ञानेन्द्रलाई एयरपोर्टमा स्कर्टिङ फर्कीएको सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने गाडीले ठक्कर दिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ