महोत्सवमा स्टेज भाँच्चिदा तीन जना घाइते, मुख्यमन्त्री सकुशल

महोत्सवमा स्टेज भाँच्चिदा तीन जना घाइते, मुख्यमन्त्री सकुशल

stage-crack

डडेल्धुराको अजयमेरु गाँउपालिकामा भएको अजयमेरु महोत्सवको उद्घाटन समारोहमा स्जेट भाँच्चिएपछि तीन जना घाइते भएका छन् । बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टसहितका अतिथि रहेको बेला स्टेज भाँच्चिएपछि तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा सोहि गाँउपालिका ३ का देवकी पन्त, उर्मिला पन्त र गिता पन्त हुन् । तीनै जना सामान्य उपचारपछि घर फर्किएका डडेल्धुरा अस्पताल डडेल्धुराले जनाएको छ ।

स्टेज भाँच्चिए पनि मुख्यमन्त्री भट्टलाई चोट लागेको छैन । स्टेजमा भएकाहरुको प्रहरीले तत्कालै उद्धार गरेको थियो । स्टेज भाँच्चिएपछि फेरि कार्यक्रम सुरु भयो र मुख्यमन्त्री भट्टले महोत्सवको उद्घाटन गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ