नेपालको पहिलो भू उपग्रहको आज (बिहीबार) सफल प्रक्षेपण गरिएको छ । ‘नेपालीस्याट-१’ नाम दिइएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर बैशाख ५ गते बिहीबार २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट ‘नेपालीस्याट-१’ स्याटेलाइट प्रक्षेपण गरिएको हो ।
‘नेपालीस्याट-१’ सँगै श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह प्रक्षेपण गरिएको नासाले जनाएको छ । जापानको क्युटेक विश्वविद्यालयसँग सहकार्यमा तीनै देशका विद्यार्थीहरुले बनाएका हुन । नेपालीस्याट-१ लाई नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले बनाएका हुन। क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भू-उपग्रह निर्माण भएको हो।
नेपाली युवाले बनाएको भू-उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ।यो ‘नेपालीस्याट-१’ दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ । भू उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा रहनेछ।
सम्बन्धित खबर
रवि लामिछानेमाथि थुनछेक बहस सुरु
आजदेखि स्वस्थानी व्रतकथा सुरु
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
रविलाई फेरि प्रहरीको जिम्मा लगाउन अदालतको आदेश
मकवानपुरमा स्कार्पियो र कार ठोक्किँदा २ जनाको मृत्यु, १२ घाइते
वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद
हराएको एक हप्तापछि जंगलमा मृत भेटिए किशोरकिशोरी