कुकर बम भनी डिस्पोज गर्न खाेज्दा बासी भात भेटिएपछि…

कुकर बम भनी डिस्पोज गर्न खाेज्दा बासी भात भेटिएपछि…

kukar

फाेटाे साैजन्य : अर्जुन कुलुङ राई

मोरङ । प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन मोरङको सुन्दरहरैचा नगरपालिकामा तर्साउनका लागि बनाइएको नक्कली कुकर बम राखिएको फेला परेको छ । बिहीबार बिहान सुन्दरहरैचा नगरपालिका-७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएकाे फेला परेको हो ।

बिहीबार बिहान सुन्दरहरैचा नगरपालिकामा कुकर बम फेला पर्यो भनेर हल्ला चल्यो, स्थानीयबासीहरु त्रसित भए । पुर्व-पश्चिम राजमार्ग समेत केही समय अवरुद्द भयाे । बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र बासी भात भेटिएको छ । कुकुरभित्र बसी भातसँगै केहि बारुद पनि भेटिएकाे प्रहरीले जनाएको छ ।

कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो । जसले गर्दा स्थानीयमा त्रास फैलाएको थियो । तर भात भेटिएपछि डिस्पोज टोली नै छक्क पर्यो । बम भनिएकाे उक्त बस्तु हटाइएपछि अवरुद्द राजमार्ग खुलेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds