कीर्ते गरेर उपभोक्ता समिति बनाएको आरोपमा पूर्वसांसद वीपी यादव पक्राउ

कीर्ते गरेर उपभोक्ता समिति बनाएको आरोपमा पूर्वसांसद वीपी यादव पक्राउ

bp-yadav

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बिपी यादव पक्राउ परेका छन् । सरकारी छाप किर्ते गरी नक्कली उपभोक्ता समिति बनाएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयबाट योजना लिन नक्कली उपभोक्ता समिति बनाएको आरोप यादवमाथि छ । राजपाकै नेता जितेन्द्र सोनलले नेतृत्व गरेको उक्त मन्त्रालयबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न उनले योजना ल्याएका थिए ।

तर उपभोक्ता समिति गठन गरी योजना कार्यान्वयन गर्नुपर्ने नियम भएपछि गाउँपालिकाको नक्कली लेटर प्याडमा समिति बनाएको देखिएको प्रहरीको भनाइ छ ।

त्यही उपभोक्ता समितिलाई आधार बनाएर राजविराजस्थित पूर्वाधार विकास कार्यालयमा उक्त योजनाको सम्झौता भएको छ । २५ लाख रुपैयाँको योजनामा नक्कली समितिमार्फत बैंक खातासमेत खोलेर काम शुरु गर्दा स्थानीय बासिन्दाले कुन निकायबाट काम भइरहेको हो भनेर सोधपुछ गर्दा यादवले नक्कली उपभोक्ता समिति बनाएको खुलेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds