कर्मचारीले खटाएको ठाउँमा जान्न भन्न पाउँदैनन्–मन्त्री पण्डित

कर्मचारीले खटाएको ठाउँमा जान्न भन्न पाउँदैनन्–मन्त्री पण्डित

Lalbabu

कावासोती–संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानलाई कार्यान्वयन गर्न कर्मचारी समायोजन गरिएकाले कोही पनि कर्मचारीले खटाएको ठाउँमा जान्न भन्न नपाउने बताएका छन् । उनले भने, ‘प्रदेश, स्थानीय तहमा जान्न, काठमाडौँ छोड्दिन भन्न कसैलाई छुट छैन।’

नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नेपाल सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत निर्माणाधीन ओभरहेड ट्याङ्की तथा डिप बोरिङको शिलान्यास कार्यक्रममा मन्त्री पण्डितले कर्मचारी अपुग भएका कार्यालयमा अर्को व्यवस्था नहुँदासम्म करारमा भर्ना गरेर भए पनि सबै कार्यालयमा कर्मचारी पदपूर्ति गरिने बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ