निर्वस्त्र अवस्थामा २९ वर्षीया रिनाको शब फेला

निर्वस्त्र अवस्थामा २९ वर्षीया रिनाको शब फेला

death body

मोरङको पथरीशनिश्चरे नगरपालिका – १ मा आज बिहान एक महिलाको नग्न अवस्थामा शव फेला परेको छ ।
सोही ठाउँमा बिरबहादुर बस्नेतको घरमा डेरा लिएर बस्दै आएकी २९ वर्षिया रुपा बस्नेतको शव घर अगाडी घोप्टे परेको नग्न अवस्थामा फेला परेको हो ।

महिलाका श्रीमान् सन्तोष बस्नेत युएईमा वैदेशिक रोजगारका क्रममा रहेका छन् । डेरामा रिना र १३ वर्षिया छोरा साईमन बस्नेत बस्दै आएका थिए । आमा र छोरा शुक्रवार राती पथरीशनिश्चरे – १ को प्रस्तावित रंगशालामा कन्सर्ट हेरेर रातको ११ बजे डेरा आएका थिए । बिहान स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

कस्मेटिक पसल समेत गर्दै आएकी रिनाका श्रीमान वैदेशिक रोजगारीमा छन् । उनको कोठावाट केही मदिराको बोत्तल समेत फेला परेको प्रहरीले जनाएको छ । निवस्त्र शब भेटिएकाले बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । तर, अहिलेसम्म घटनामा संलग्न कोही पक्राउ परेका छैनन् । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ