जेट एयरवेजका कर्मचारीको बिचल्ली, रोकिएनन् आँशु

जेट एयरवेजका कर्मचारीको बिचल्ली, रोकिएनन् आँशु

zet-air

काठमाडौं– भारतीय विमान कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबैअन्तर्राष्ट्रिय उडानहरु बन्द गरेपछि त्यहाँ कार्यरत कर्मचारीको बिचल्ली भएको छ । एकातर्फ उनीहरुले तलब पाएका छैनन् भने अर्कोतर्फ कम्पनीको शेयर लिलामीमार्फत बिक्री गर्ने प्रक्रिया अगाडि बढाइएको बताइन्छ ।

जेट एयरवेजलाई ऋण दिएका बैंकहरुको तर्फबाट एसबीआई क्यापिटलले एयरवेजको ३१ देखि ७५ प्रतिशतम्म शेयर बेच्न लिलाम बढाबढको सूचना जारी गरिसकेको छ । सो शेयर लिलाममार्फत सकार्न चाहनेहरूले यही अप्रिल ३० तारिखसम्म बोलपत्र हाल्न सक्ने क्यापिटलले जनाएको छ ।

यो कम्पनी बन्द भयो भने यहाँ कार्यरत करिब २३ हजार कर्मचारी तथा प्राविधिकले जागीरबाट हात धुनुपर्ने अवस्था देखिएको छ । जेट एयरलाइन्स हाल ११० करोड डलर घाटामा रहेको बताइएको छ ।

जेटका विमान कर्मचारीले लगाउने पहेंलो ड्रेसमै उनीहरूले प्रदर्शन गरेका थिए । उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा हस्तक्षेप गर्न अपील गरेका थिए । केहीले ‘जेट एयरवेज बचाऊ, हाम्रो परिवार बचाऊ’ भनी लेखिएका प्लेकार्ड बोकेका थिए ।

‘मेरा बच्चाहरूले औषधि मागिरहेका छन् । हामी कहाँ गएर भीख माग्ने ? हामीले सरकारलाई नभन्ने हो भने कसलाई भन्ने त ?’ जेट एयरवेजका ब्यागेज ह्यान्डलर राजेन्दर कुमारले बिलौना गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ