धादिङमा बस दुर्घटना, २ जनाको मुत्यु

धादिङमा बस दुर्घटना, २ जनाको मुत्यु

accident pic symbol

photo accident symbol

काठमाडौं– काठमाडौंबाट मनकामनाका लागि छुटेको रिजर्भ बस धादिङमा दुर्घटनाग्रस्त हुँदा २ जनाको मृत्यु भएको छ । बा ४ ख १४१५ नम्बरको संयुक्त यातायातको रिजर्भ बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १ जनाको घटनास्थलमै र अर्का एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ, गजुरीले जानकारी दिएको छ । बसमा चालकसहित २९ जना सवार रहेकोमा २७ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ