आफुले चै काहा परेवा उडायेका थियौ र ?
काठमाडौं– रेखा थापाले माओवादी र नेपाल कम्युनिस्ट पार्टी तथा यी पार्टीका नेताहरुमाथि कडा अभिव्यक्ति दिन थालेकी छिन् । त्यो पनि सामाजिक सन्जालबाट ।
त्यहीमध्ये एउटा हो, रेखाले केही समयअघि मात्र गरेको ट्विट । अनलाइन सन्चारमाध्यम सेतोपाटीमा आएको एउटा समाचारको स्क्रिन सट लिएर रेखा थापाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि एउटा प्रश्न गरेकी छिन् ।
यो समाचार प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहमाथि राखेको एउटा अभिव्यक्तिको समाचार हो । प्रचण्डले बम पड्काएर परिवर्तन हुन्छ भन्ने धारणा राख्नु विप्लवको गल्ती भएको बताएको समाचारमा रेखाले प्रश्न गरेकी हुन्– आफूले चाहिँ परेवा उडाएको हो र ?
पछिल्लो समय रेखा थापाले विप्लव समूहलाई समर्थन गरिरहेको हल्ला पनि चल्न थालेको छ । तर, उनी स्वयंले भने यसबारे केही बताएकी छैनन् । रेखाले आफ्नो ट्विटरमा प्रचण्डमाथि प्रश्न राखेपछि अधिकांश कमेन्टहरु चाहिँ उनी र प्रचण्ड केही समयअघि नाचेको सन्दर्भका आएका छन् ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही