डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जना घटना स्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छ्न । भीमदत्त राजमार्गअन्र्तगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो ।
धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५ः३० बजे दुर्घटना भएको थियो । घाइतेहरुलाई डडेल्धुरा अस्पताल ल्याईदैन छ । बस सडक बाट १०० मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनामा परी बझाङ्गको तल्लाकोट गाउँपालिका–४ का अन्दाजी बर्ष ४० का धनबहादुर घर्ती, बझाङ्ग कै केदारस्युँ गाउँपालिका–५ का अन्दाजी वर्ष २५ का नरेन्द्र गुरुधामी, विहार भारतका मोहमद नासिरको मृत्यु भएको छ । बझाङ्गकै केदारस्युँ गाउँपालिकाकी अन्दाजी वर्ष ५५ की कल्सीदेवी बोहरा र सोही गाउँपालिकाकी अन्दाजी ३५ वर्षीया हरुली बोहरा रहेकी छन् ।
दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ । बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु तथा यात्रु पनि क्षमताभन्दा बढी भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी