सापटी लगेको ४५ सय रुपैयाँ फिर्ता नगर्दा एक जनाको ज्यान नै गएको छ । पैसा नतिरेको झोँकमा खुकुरी प्रहार गरेर सिरहामा एक जनाका हत्या भएको हो ।
प्रहरीले हत्या गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका–३ स्थित रंगशालामा बस्ने ५५ वर्षीय ज्ञानबहादुर थापामगरलाई पक्राउ गरेको छ । उनले सिरहाको लहान नगरपालिका–९ गोठटोलका ६९ वर्षीय रतनबहादुर तामाङको हत्या गरेका थिए ।
यस्तो थियो घटना
बैशाख ७ गते दिउँसो पौने ३ बजेतिर लहान–१७ स्थित गोविन्दपुर बलानगढीमा एक पुरुष मृत फेला परेका थिए । उनको गर्धनको आधा भाग काटिएको थियो । टेलिफोनमार्फत् उक्त सूचना इलाका प्रहरी कार्यालय लहानमा आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानमा क्रममा थापामगरलाई पक्राउ गरिएको सिरहाका एसपी जीवन श्रेष्ठले जानकारी दिए । उनी पक्राउ परेपछि हत्याको कारण खुलेको छ । थापामगरले ६÷७ वर्ष पहिले नै मृतक रतनबहादुरलाई ४५ सय रुपैयाँ सापट दिएका थिए । रतनबहादुर लहानमा नै चिया पसल सञ्चालन गर्दै आएका थिए । सोही क्रममा चिनजान भएपछि थापामगरले उनलाई सो रकम सापट दिए ।
पटकपटक रकम फिर्ता गर्न आग्रह गर्दा पनि नटेरेकाले हत्या गरेको ज्ञानबहादुरले स्वीकार गरेको एसपी श्रेष्ठले बताए । घटनाको अघिल्लो दिन साँझ ७ बजेतिर ज्ञानबहादुर रतनको घरमा आएका थिए । रतनकी श्रीमतीले उनलाई कुखुराको मासु र रक्सीसमेत खुवाएकी थिइन् । रक्सी खाएपछि ज्ञानबहादुरले बजार घुम्न जाऔं भन्दै रतनलाई घरबाट लिएर गएका थिए ।
बजार निस्कने बेलासम्ममा ज्ञानबहादुरले रतनको घरमा भएको खुकुरी लुकाएर कम्मरमा भिरिसकेका थिए । गोविन्दपुर बलानगढीमा पुगेपछि खुकुरीले रतनको गर्धनमा हानेको ज्ञानबहादुरले अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
रतनको हत्या गरिसकेपछि ज्ञानबहादुर फर्किएर पुनः रतनकै घरमा गए । उनकी श्रीमती मनमाया तामाङसँग उल्टै १५ सय रुपैयाँ मागेर लगे । मृतक रतनको घरमा रहेको मोबाइल समेत उनले लिएर त्यहाँबाट आएका थिए ।
अनुसन्धानमा खटिएको प्रहरीले उनलाई सिरहाको धनगढीमाई नगरपालिका–१० राम मन्दिर परिसरबाट बुधबार दिउँसो ३ बजे पक्राउ गरेको हो । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको छ ।
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार