बोक्सीको आरोपमा एकै परिवारका ४ जनाद्धारा वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट

बोक्सीको आरोपमा एकै परिवारका ४ जनाद्धारा वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट

boksi

विराटनगर :  बोक्सा बोक्सीको आरोपमा एक वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट गरिएको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा बोक्सा बोक्सीको आरोपमा ६० वर्षे वृद्ध  दम्पत्तिमाथि एउटै परिवारका चार सदस्यले कुटपिट गरेका हुन् ।

लाट्ठी, लात र मुड्कीले निर्घात कुटपिट गर्दा दुबै जना घाइते भएका छन्।  प्रहरीका अनुसार आक्रमणबाट घाइते भएकी वृद्धा मानसिक रुपमा पनि विक्षिप्त बनेकी छन् । वृद्ध–वृद्धामाथि सुन्दरहरैंचा–११ धाती टोल बस्ने ६३ वर्षे टुनका खवास, ३५ वर्षे श्यामलाल खवास, ३१ वर्षे रामकुमार खवास र ३० वर्षे शशिकला खवासले सामूहिक रुपमा आक्रमण गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ