घरमा फोहोर गरेको निहुँमा आफ्नै बुबाले गरे २२ वर्षीय छोराको हत्या !

घरमा फोहोर गरेको निहुँमा आफ्नै बुबाले गरे २२ वर्षीय छोराको हत्या !

hatya_

दोलखा । घरमा फोहोर गरेको निहुँमा आफ्नै बुबाले २२ वर्षीय छोराको हत्या गरेका छन् । दोलखाको सैलुङ गाउँपालिका(४ मा अन्दाजी २२ वर्षीय छोरा बेद बहादुर रेग्मीको हत्याको आरोपमा आफ्नै बाबु अन्दाजी ४४ वर्षीय चुडा बहादुर रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

छोरा बेद बहादुरको मृत्यूपश्चात कम्बलमा पोको पारी खहेर खोलामा फाली कसैलाई नभनी बुबा गुपचुप बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ज्यान सम्बन्धी कसुरमा मृतकको बुबालाई मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी दोलखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ