काठमाडौं– जापानले सन् २०१९ मा नेपालबाट रोजगारीका लागि श्रमिक आपूर्ति नगर्ने संकेत देखिएको छ । दुई देशले कामदार आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर गरे पनि जापानले अझै भाषा परीक्षाको मोडालिटी टुंगो नलगाएकाले सन् २०१९ मा श्रमिक आपूर्ति नगर्ने संकेत देखिएको हो ।
यो प्रक्रियामा जापानमै अध्ययन गरेका र काम गरिरहेका नेपाली विद्यार्थी भने सहभागी हुन पाउने छन् । जापानिज भाषा (एनफोर) पास गरेर रोजगारीमा कार्यरत विदेशी विद्यार्थीले वर्किङ भिसाका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । अध्ययन सकेर रोजगारीमा कार्यरत विदेशी विद्यार्थीलाई कामको क्षमताका आधारमा वर्किङ भिसा दिइने जापानको कानुन मन्त्रालयले जानकारी दिएको छ ।
जापानले विदेशी कामदार रोजगारीमा लिदाँ ‘ब्लु कलर’ र दक्ष कामदारसहित निश्चित सीपका आधारमा दुई किसिमको भिसा जारी गर्ने भएको छ । नेपालबाट ‘ब्लु कलर’का श्रमिक लिने बताइएपनि प्रस्ट खुलाइएको छैन । चैत १८ देखि कार्यन्वयनमा आउने गरी ११ गते दुई देशबीच श्रम समझदारीपत्र एमओसीमा हस्ताक्षर भएको थियो । भाषा परीक्षा लिएर नेपाली श्रमिक आपूर्ति गर्ने सहमति भएपनि कुन तहको भाषा र कस्ता श्रमिक लिने भने प्रष्ट थिएन ।
सम्बन्धित खबर
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति