श्रीमान्‌ले ज्यूँदै जलाउँदा घाइते भएकी कञ्चनको उपचारका क्रममा मृत्यु,

श्रीमान्‌ले ज्यूँदै जलाउँदा घाइते भएकी कञ्चनको उपचारका क्रममा मृत्यु,

murder-try

अनुहारसहित शरीरको अधिकांश भाग जलेर सिकिस्त भएकी सिरहा कल्याणपुर ८ की कञ्चन मण्डल खत्बेको मृत्यु भएको छ ।

काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा शुक्रबार ५ बजर २० मिनेटतिर उनको मृत्यु भएको काठमाडौंको साँखु प्रहरीलाई उदृत गर्दै सिरहाको इलाका प्रहरीले जनाएको छ । बिहीबार बिहान ९ः१५ बजेतिर उनको शरीरमा आगो लागेको फेला परेको थियो ।

तत्कालै पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले उद्वार गरी उपचारका लागि मिर्चैया पठाएको थियो । मिर्चैयामा उपचार हुन नसक्दा धरानस्थित घोपा क्याम्प पठाइएको थियो ।

घोपा क्याम्पमा पनि उपचार स्म्भव नभएपछि शुक्रबार उनलाई काठमाडौं लगिएको थियो । उनको उपचारकै क्रममा दिउँसो ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । घट्नाबारे अनुसन्धान भइरहेको  छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ