हुम्लामा रुघाखोकी लाग्दा ९ जनाको मृत्यु, अझै पुगेनन स्वास्थ्यकर्मी

हुम्लामा रुघाखोकी लाग्दा ९ जनाको मृत्यु, अझै पुगेनन स्वास्थ्यकर्मी

death body

हुम्लाको ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकीबाट दुई बालकसहित ९ जनाको मृत्यु भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १ देखि ३ मा रुघाखोकीले ९ जनाको मृत्यु भएको हो ।

आइतबार बिहान उडान भएमा दिउँसोसम्म स्वास्थ्यकर्मी पुग्नेछन् । समस्या जटिल बन्दै गएकोले नेपालगञ्जबाट हेलिकप्टरमार्फत स्वास्थ्यकर्मी लैजान गृह मन्त्रालयमार्फत पहल भैरहेको र हेलिकोप्टर उपलब्ध भएमा आइतबार बिहानै स्वास्थ्यकर्मी पुग्ने छन् ।

ताजाकोटको वडा नम्बर १, २ र ८ मा सुरुमा छाती दुख्ने, ज्वरो आउने र केही दिनमा ज्यान जाने समसया देखिएको र वृद्धवृद्धा तथा बालबालिका बढि प्रभावित भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ