विष्णु पौडेलले बालुवाटारमा किनेको जग्गा वैधानिक छ, जफत हुँदैनः मन्त्री अर्याल

विष्णु पौडेलले बालुवाटारमा किनेको जग्गा वैधानिक छ, जफत हुँदैनः मन्त्री अर्याल

Padma-kumari-aryal

file photo

भूमि सुधारमन्त्री पद्मा अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको बालुवाटारमा रहेको जग्गा वैधानिक भएको दाबी गरेकी छन् ।

ललिता निवासको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याएको देखिएपछि विवादमा तानिएका पौडेलको बचाउ गर्दै मन्त्री अर्यालले मोहीबाट जग्गा किनेको देखिएकोले पौडेलको जग्गा वैधानिक भएको बताइन् ।

‘विष्णु पौडेलले किनेको जग्गा मोही कायम भएको जग्गा हो। नेपाल सरकारले नै मोही कायम गरेर हक दिएकोले त्यो वैधानिक छ,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘मोही किटान भएर मोही कायम भएको जग्गा उहाँ (विष्णु पौडेल)को छोराको नाममा हस्तान्तरण भएको छ ।’

नेता, ठूला मान्छेसँग जोडिएर जग्गाबारे विवाद भएपछि मन्त्रालयले अध्ययन गरे पनि मोहीबाट हस्तान्तरण भएको जग्गा देखिएकोले पौडेलको जग्गा वैधानिक भएको उनको भनाइ छ ।

‘मोही कायम भएर पुर्जा बनेर छैटौं मान्छेको रूपमा पौडेलले जग्गा प्राप्त गर्नुभएको देखिन्छ,’ उनले भनिन्, ‘मोहीको जग्गा किनेकोले वैधानिक छ। मोही कायम भएको जग्गामा सम्भवत अब प्रश्न उठ्दैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ