गाली गरेको भन्दै कोदालोले हानेर १४ बर्षीय छोराद्वारा बाबुको हत्या !

गाली गरेको भन्दै कोदालोले हानेर १४ बर्षीय छोराद्वारा बाबुको हत्या !

death body

धनकुटा । धनकुटामा बाबुले गाली गरेको भन्दै १४ बर्षीय छोराले आफ्नै बाबुको हत्या गरेका छन् । सहिदभूमि गाउँपालिका ४ पिप्लेका बिज्ञान राईले कोदालोको पासोले हानेर ४७ बर्षीय बाबु इन्द्रप्रसाद राईको हत्या गरेको हुन् ।

सामान्य बिषयमा बाबुले गाली गर्दा आवेगमा आएर बिज्ञानले शनिवार राती करिब ८ बजे वावुलाई कोदालोको पासोले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार कोदालो प्रहारबाट ईन्द्रप्रसादको घटनास्थलमै मृत्यु भएको हो ।

कोदालो प्रहार गर्ने बिज्ञानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ