निर्वस्त्र अवस्थामा मृत फेला परेकी रिनाको नौ दिनपछि दाहसंस्कार

निर्वस्त्र अवस्थामा मृत फेला परेकी रिनाको नौ दिनपछि दाहसंस्कार

Rina-Basnet-

मोरङ – गत बैशाख ७ गते निर्वस्त्र अवस्थामा मृत फेला परेकी मोरङको पथरी शनिश्चरे नगरपालिकाकी २९ वर्षिया रिना बस्नेतको ९ दिनपछि दाहसंस्कार गरिएको छ ।

घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउदै सत्यतथ्य पत्ता लगाउने सहमतिपछि आफन्त र परिवारका सदस्यले सुनसरीको चतराघाटमा आइतबार शवको अन्त्येष्टी गरेका हुन्।

उनी स्थानीय वीरबहादुर बस्नेतको घरको तीन तलामाथि १४ वर्षीय छोरासहित डेरा बस्दै आएकी थिइन् । वलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय बासिन्दा आन्दोलित बनेका थिए ।

सोही आन्दोलनका कारण सोमबार र मंगलबार पथरी बजार नै तनावग्रस्त बनेको थियो ।  आन्दोलनकारीलाई नियन्त्रणमा लिनको लागि प्रहरीले २९ सेल अश्रुग्यास प्रहार समेत गरेको थियो । सोही प्रहारमा ५ जना घाइते भएका थिए ।

हत्यामा संलग्नलाई कारवाही हुनुपर्ने, शान्ति सुरक्षा कायम गर्नुपर्ने, महिला हिंसा बन्द गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका आन्दोलनकारीले शनिबार इलाका प्रहरी कार्यालय पथरी अगाडि धर्ना समेत दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ