रोजगारीका लागि खाडी पुगेका २५ जना नेपाली कामदारलाई मृत्युदण्डको सजाय सुनाइएको छ । विभिन्न समयमा पुगेका उनीहरुलाई विभिन्न समयमा मृत्युदण्ड सजाय सुनाइएको हो । विदेशस्थित विभिन्न कूटनीतिक नियोगहरुबाट प्राप्त विवरणका आधारमा मृत्युदण्ड पाएका तथा आजीवन कारावासमा रहेका नेपालीहरुको संख्या यकिन गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । मृत्युदण्ड सुनाइएका मलेसियामा सबैभन्दा बढी १६ जना नेपाली रहेका छन् ।
साउदी अरबको रियादमा ५ जना नेपालीलाई मृत्युदण्ड सुनाइएको छ । कुबेतमा ३ र युएईमा एक नेपालीलाई मृत्युदण्ड सुनाइएको छ । हत्या, हिंसा, लगायतका विभिन्न आरोप लागेका नेपाली कामदारलाई मृत्युदण्ड सुनाइएको बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदी बताउँछन् ।
रोजगारीका लागि कुवेत पुगेका ९ जना नेपाली कामदारसहित १६ जना आजीवन कारावासमा छन् । युएई, कतार र कुवेतको जेलमा नेपालीहरुलाई आजीवन कारावास सुनाइएको छ । कानुनविपरीत काम गर्दा उनीहरु आजीवन कारावासमा पुगेको बोर्डका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
बहराइनमा २५ वर्ष जेल सजाय सुनाइएका २ जना नेपाली छन् । १५ वर्ष जेल सजाय सुनाइएका कतार, कुवेत र बहराइनमा १–१ जना गरी ३ जना नेपाली रहेका छन् । खाडीका जेलमा रहेका तर सजाय तोकिन बाँकी रहेका २ सय ९३ जना नेपाली छन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ